Posts

Showing posts from December, 2023

चासोक तङ्गनाममा गायिका गंगा फियाक बिर्तामोडमा आउने

Image
  २९ मंसिर बिर्तामोड । पौष १० गते किरात याक्थुङ्ग चुम्लुङ्ग नगर शाखा बिर्तामोडको निमन्त्रणामा राष्ट्रिय कलाकार गायिका गंगा फियाक बिर्तामोडमा आउने भएकी छिन्। कियाचू बिर्तामोडले जानकारी गराए अनुसार चासोक तङ्गनामको अवसर पारेर बिर्तामोडमा गर्न लागिएको कार्यक्रमको लागि बिशेषतः लिम्बू भाषामा दख्खल गायिका फियाकलाई गीत,संगीत प्रश्तुत गर्न निमन्त्रणा गरिएको हो। प्रत्येक बर्ष मनाईने चासोक तङ्गनाम (उधौली) यस वर्ष पनि भब्य रुपमा बिर्तामोडको आर्दश ब्याङ्केटमा बिबिध कार्यक्रम गरि पौष १० गते मनाउन लागिएको पत्रकार भेटघाटमा कियाचू नगर बिर्तामोड अध्यक्ष हिमालय प्रसाद कन्दङ्गवाले जानकारी दिनुभयो । उक्त कार्यक्रममा बिभिन्न जातीय संघ संस्था र प्रतिनिधीको समेत उपस्थिती रहने जनाईएको छ । करिव डेढ देखि दुईलाख रुपिया खर्च हुने कार्यक्रमको श्रोत बलिहाङ्ग तङ्गनाम (देउसी भैलो) कार्यक्रमबाट संकलित रकम र स्थानिय दाताहरुबाट संकलित रकम जनाईएको छ भने उक्त कार्यकममा नगरका केही जेष्ठय कियाचु सदस्यहरुलाई सम्मान पत्रले सम्मान समेत जनाईने कार्यक्रम रहेको हो। कार्यक्रममा राष्ट्रिय कलाकार गंगा फियाकको गायन साथसाथै स्थानिय...

बिर्तामोडमा बिर्तामोड उद्भव र बिकाशबारे परिचर्चा

Image
  बिर्तामोड, २९ मंसिर लेखक तथापत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘बिर्तामोड ः उद्भव र विकास’बारे शुक्रबार परिचर्चा कार्यक्रमगरिएको छ । कार्यक्रमवीरता रिडर्सको आयोजनामाबिर्तामोडमा सम्पन्नभएको हो । कार्यक्रममावरिष्ठ अधिवक्ताएवम् साहित्यकार लीलाउदासीले ‘बिर्तामोड’ पुस्तकबिर्तामोडबासी मात्रनभएर यस क्षेत्रसँग सरोकार राख्ने सबैको सार्वजनिक सम्पत्तिभएको बताए । उनले यस पुस्तकलाई मिलेसम्मबिर्तामोड नगरपालिकाभित्र पाठ्यक्रममै समावेश गर्न जोड दिएका छन् । ‘बिर्तामोडमा बस्नेले कम्तीमाबिर्तामोडलाई बुझ्न जरुरी छ’, उनले भने, ‘त्यसकालागि यो पुस्तक पढ्न र संग्रहितगर्न आवश्यक छ ।’ कार्यक्रममावरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेलले पुस्तकमा रहेका विषयवस्तु र कमीकमजोरीलाई प्रस्ट पारेका थिए । उनले इतिहास लेखन जटिल भएको बताउँदै कमीकमजोरीलाई आगामी संस्करणमा सुधार गर्न सुझावदिएका छन् ।कार्यक्रममा लेखक संघ झापाअध्यक्षकुमार भट्टराईले यस किसिमका पुस्तकभावी पुस्ताकालागि सन्दर्भ सामग्रीहुने भएकाले लेखकले साहित्यकाअन्यविधामाभन्दा बढी जिम्मेवार हुनु पर्ने बताए । कार्यक्रममासाहित्यकार भगवती ढुङ्गेलले शुभकामनामन्...