Posts

Showing posts from June, 2025

बिर्तामोडका विद्यालयमा ट्राफिक सचेतना शिक्षा सुरु

Image
झापा,असार १४  झापामा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न बिर्तामोड नगरपालिकाले विद्यार्थी लक्षित ट्राफिक सचेतना शिक्षा अभियान सुरु गरेको छ। चालु आर्थिक वर्षमा मात्रै जिल्लामा १,७०० भन्दा बढी सवारी दुर्घटनामा ८३ जनाले ज्यान गुमाएका छन्। तीमध्ये धेरैजसो मोटरसाइकल चालक रहेका छन् भने १५ देखि ४० वर्ष उमेर समूह सबैभन्दा बढी प्रभावित देखिएको छ। सडक दुर्घटना न्यूनीकरणको उद्देश्यले बिर्तामोड नगर क्षेत्रभित्र रहेका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा ट्राफिक सचेतना शिक्षा कार्यक्रम सञ्चालन गर्न थालिएको हो। कार्यक्रम अन्तर्गत नगरका सबै विद्यालयका प्रधानाध्यापक र सामाजिक विषय अध्यापन गराउने शिक्षकलाई एक दिने प्रशिक्षण दिइएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई ट्राफिक नियम र सडक सुरक्षाबारे अनिवार्यरूपमा जानकारी दिनुपर्नेमा जोड दिए। शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तीलचन भण्डारीले स्थानीय पाठ्यक्रममै ट्राफिक शिक्षा समावेश भएकाले विद्यालयस्तरमै सचेतना फैलाउनु जरुरी रहेको बताए। आवश्यक परे नगरपा...

दमकमा आयोजना नम्बर १६० मञ्चन,सरकारी प्रणालीमाथि व्यंग्य

Image
१३ असार,झापा दमक स्थित नियमित नाटक मञ्चन गर्ने संस्थाका रूपमा परिचित कदम थिएटरले यसपटक नयाँ नाटक ‘आयोजना नम्बर १६०’ मञ्चन गरिरहेको छ। असार ५ गतेदेखि शुरु भएको नाटक असार १५ गतेसम्म प्रत्येक साँझ ५:१५ बजे देखाइँदै आएको हो। कदम थिएटरका कला निर्देशक सिजन दाहालका अनुसार यो नाटक भारतीय नाटककार अजय शुक्लाको चर्चित हिन्दी नाटक ‘ताजमहलका टेन्डर’लाई नवीन भण्डारीले नेपालीमा रूपान्तरण गरी मञ्चन गरिएको बताईएको छ। नाटकमा सरकारी सुशासनप्रतिको प्रश्न उठाइएको छ। सरकारले योजनाहरू कसरी हचुवाका भरमा ल्याउँछ र त्यसलाई कसरी अलपत्र पार्छ भन्ने कथावस्तुमा आधारित यस नाटकले कर्मचारी तन्त्रको लोभ, बेइमानी र प्रणालीगत विसंगतिलाई हास्यरसमा उजागर गर्छ। ‘आयोजना नम्बर १६०’ मा एक सत्तासञ्चालक र स्थानीय सरकारको प्रतिनिधित्व गर्ने कर्मचारी तन्त्रमाथि गहिरो प्रश्न उठाइएको छ। कमेडी शैलीमा तयार गरिएको नाटकमा बुङ छेङ, नवीन भण्डारी, नवीन उर्जा, रश्मी उप्रेती, पारुमा राई, पुकारजंग क्षेत्री, रोशन मुर्मु, सुदीप क्षेत्री, सञ्जय मुडियारी र पुजन खरेलले अभिनय गरेका छन्। निर्देशन पनि यिनै १० कलाकारले सामूहिक रूपमा गरेका हुन्। लाइट ड...

नेत्रहीन संघ झापाद्वारा हेलेन केलरको जन्मजयन्तिमा सीपमूलक कार्यक्रम सम्पन्न

Image
  १२ असार,झापा  हेलेन केलरको १४५औं जन्मजयन्ति र नेत्र हिन संघ झापाको २८औं स्थापना दिवसको अवसरमा संघले बिर्तामोड–३ स्थित आफ्नै सभा हलमा कम्प्युटर तालिम समापन समारोह तथा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ। कार्यक्रम दृष्टिविहीन समुदायमा सीप विकास र आत्मविश्वास अभिवृद्धिको उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममा संघका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षता तथा बिर्तामोड–३ का वडा अध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यता थियो। कार्यक्रममा वडा सदस्य हरि बाँस्कोटा, संघका सल्लाहकार प्रेम प्रकाश सिटौला, अनारमनी पब्लिक क्याम्पसका प्रमुख मोहन शिवाकोटी, संयोजक सल्लाहकार दोर्णर्चाय निरौला, एचआरडीसी झापा प्रतिनिधि जनक भट्टराई,संघका संस्थापक अध्यक्ष खेम रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए। तीन महिनाको कम्प्युटर तालिममा सहभागी दिपक तामाङ, पवित्रा तामाङ, शम्भु राजबंशी, गोबिन्द न्यौपाने र पवन पौडेललाई प्रमुख अतिथि बुढाथोकी, प्रशिक्षक मूना भट्टराई लगायतले प्रमाणपत्र प्रदान गरे। मुख्य अतिथि बुढाथोकीले संघलाई वडास्तर तथा नगरपालिका तर्फबाट निरन्तर सहयोग गरिएको बताउँदै आगामी दिनमा पनि साथ रहने ...

नारी संचार गृह झापाको अध्यक्षमा स्वस्तिका आर्चाय,सहितको टिम

Image
११ असार,झापा नारी संचार गृह झापाको अध्यक्षमा स्वस्तिका आर्चाय सर्बसम्मत चयन हुनु भएको छ। उहाँ लगायत चयन हुनुहुने सम्पूर्ण टिमलाई "सर्जु संसार ब्लगस्पोटको"तर्फबाट आगामी सफल कार्यकालको हार्दिक शुभकामना ।

बिसे नगर्ची राष्ट्रिय सम्मानबाट गजमेर र ढुंगाना सम्मानित

Image
१ असार,झापा झापा, बिर्तामोड — वरिष्ठ संगीतकार रञ्जित गजमेर र शिक्षासेवी जयनारायण ढुंगाना ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान–२०८१’ बाट सम्मानित भएका छन्। गोर्खा फाउन्डेसनद्वारा प्रदान गरिने यो प्रतिष्ठित सम्मान शनिबार बिर्तामोडमा आयोजित समारोहमा प्रदान गरिएको हो। संगीतकार गजमेरले ‘इशाराले बोलाउन पर्दैन’, ‘कुसुमे रुमाल’, ‘टुङ्नाको धुनमा’ लगायतका कालजयी गीतमा संगीत भरेका छन्। नेपाली चलचित्र र आधुनिक संगीतमा उनको योगदान उच्च मूल्यांकन गरिएको छ। शिक्षासेवी ढुंगानाले शिक्षारत जीवन समर्पित गर्दै समाजसेवामा उल्लेखनीय योगदान गरेका छन्। कार्यक्रममा गीत-संगीत, साहित्य, शिक्षा र खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका हस्तीहरूलाई पनि सम्मान गरिएको थियो। सम्मानितहरूमा शिक्षासेवी संगीतकार हस्त परियार, पहिलो फिफा रेफ्री श्याम दनुवार, पत्रकार पर्वत पोर्तेल, अभिनेता सुवास मेचे, अटो मेकानिक निरु परियारलगायत रहेका छन्। कार्यक्रमको उद्घाटन सांसद विश्वप्रकाश शर्माले दीप प्रज्वलन गरेर गरेका थिए भने अध्यक्षता गोर्खा फाउन्डेसनका अध्यक्ष विरु दर्नालले गरेका थिए। कार्यक्रमको संचालन केशव भट्टराईले गरेका थिए भने...

नेत्रहीन युवा संघ झापाको अध्यक्षमा रोशन थापा सर्बसम्मत चयन

Image
३१ जेठ,झापा नेत्रहीन युवा संघ नेपाल झापा शाखाको अध्यक्षमा रोशन थापा सर्वसम्मत चयन भएका छन्। चौथो अधिवेशनबाट आगामी तीन वर्षका लागि नौ सदस्यीय कार्यसमिति चयन गरिएको हो। समितिमा उपाध्यक्ष होमेन्द्र नंगेल, सचिव मूना भट्टराई, कोषाध्यक्ष मिना गिरि, सह–सचिव निर्मला कार्की तथा सदस्यहरू पवित्रा तामाङ, गोविन्द न्यौपाने, शम्भू राजबंशी र दीपक तामाङ चयन भएका छन्। निर्वाचन समितिका संयोजक कलाधर भण्डारीका अनुसार ओम प्रकाश र सलिना भट्टराईसहितको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। यस अघि अधिवेशनको उद्घाटन संघका अध्यक्ष दिल कुमार राजबंशीको अध्यक्षता र बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा संघका कार्यालय सहयोगी बिमल भट्टराईले तीन वर्षे प्रगति विवरण प्रस्तुत गर्दै, बीस जना अपाङ्गता भएका युवालाई शेयर बजार र ई-बैंकिङ तालिम, अडियो पुस्तक उत्पादनसम्बन्धी दश दिने शिप विकास तालिम, पाँच जनालाई तीन महिनाको कम्प्युटर तालिम, रोजगार प्रवर्द्धन अन्तरसंवाद, चुनावी पहुँच सुनिश्चित गर्न अवलोकन कार्यक्रम लगायत विभिन्न प्रभावकारी कार्यक्रम सञ्चालन गरिएको ...

बिशे नगर्ची राष्ट्रिय सम्मान’ जेठ ३१ मा बिर्तामोडमा

Image
२८ जेठ,बिर्तामोड  बिशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रम आगामी जेठ ३१ गते बिर्तामोड सिटी सेन्टरमा भव्य रूपमा आयोजना हुने भएको छ। गोर्खा फाउण्डेसन नेपालले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो। यस वर्षको विशेष सम्मान वरिष्ठ संगीतकार रन्जित गजमेर र शिक्षासेवी जयनारायण ढुङ्गानालाई प्रदान गरिनेछ। कार्यक्रमका सम्पूर्ण तयारी पूरा भइसकेको र अघिल्लो वर्षदेखि सुरु भएको यो सम्मानलाई यसपटक पनि निरन्तरता दिइएको छ। यो वर्षदेखि नगद राशीको व्यवस्था हटाइएको फाउण्डेसनका अध्यक्ष बिरु दर्नालले जानकारी दिए। अघिल्लो वर्ष भने कदरपत्रसँगै नगद पनि प्रदान गरिएको थियो। कार्यक्रममा दार्जिलिङबाट मारुनी नाच र मादल टोली, साथै स्थानिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ। साथै झापाको विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका पाँचजना व्यक्तित्वलाई पनि सम्मान गरिनेछ: हस्त परियार – संगीतकार, साहित्यकार, शिक्षक श्याम दनुवार – झापाका प्रथम फिफा रेफ्री पर्वत र्पोतेल – पत्रकार सुवास मेचे – चलचित्रकर्मी निरु परियार – पहिलो महिला अटो मेकानिक कार्यक्रम प्रसिद्ध उद्घोषक केशव भट्टराईको संचालनमा हुनेछ भने फोटो/भ...

जीवन जोगाउने प्रयासमा ज्यान गुम्यो:करेन्ट लागेर कृषकको निधन

Image
झापा, जेठ २८  हात्तीबाट आफ्नो परिवार र खेती जोगाउने प्रयासमा लागेका कचनकवलका एक कृषकको आफ्नै बनाएको सुरक्षात्मक तारबारमा करेन्ट लागेर ज्यान गएको छ। ६५ वर्षीय किर्खनाथ खनाल बिहान बाख्रा चराउन आफ्नै बारीमा गएका थिए। बारी छेउमै रहेको करेन्ट प्रवाह गरिएको तारबार छुन पुग्दा उनी त्यहीँ ढले—जीवनको अन्तिम सास त्यही माटोमा फेरिदिए। प्रकृतिसँगको संघर्षमा कृषकहरू कहिलेकाहीँ यति दूर पुग्छन्, जहाँ सुरक्षाका उपाय नै घातक बन्न पुग्छन्। स्थानीय बासिन्दाहरू भन्छन् – “हात्तीको डरले उहाँले बारीमा करेन्ट लगाउनुभएको थियो। तर कसले सोच्थ्यो त्यो उपाय नै ज्यानको कारण बन्छ।” जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक विजय चौहानको नेतृत्वमा टोली अनुसन्धानका लागि घटनास्थल पुगेको छ। स्मरण रहोस्, केही दिनअघि मात्रै जेठ २३ गते कनकाई–२, जामुनखाडीमा यस्तै तारबारबाट करेन्ट लाग्दा आठ जना घाइते भएका थिए। वन्यजन्तुबाट जोगिन बनाइएका संरचनाहरू स्थानीयका लागि घातक सावित हुँदै गएका छन्। अब प्रश्न उठ्न थालेको छ – के हाम्रो सुरक्षाका उपायहरू साँच्चै सुरक्षित छन्? र, कहिले हुनेछ राज्यले वन्यजन्तु–मानव द्वन्द्वका स्थायी ...

बिर्तामोडको शनिश्चरे रोडमा एकतीस सदस्यीय उपसमिति गठन

Image
  झापा, जेठ २८   बिर्तामोड उद्योग वाणिज्य संघले उपसमितिहरू गठन कार्यलाई तीव्र बनाउँदै गएको छ । यसै क्रममा संघले मुक्तिचोक–शनिश्चरे रोड क्षेत्रलाई समेट्ने गरी नयाँ उपसमिति गठन गरेको छ । संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा गौरीशंकर गुप्ता ‘टिङ्कु’को संयोजकत्वमा ३१ सदस्यीय उपसमिति गठन गरिएको हो । उपसमितिको सहसंयोजक प्रमोद राजवंशी, सचिव केशव मैनाली र कोषाध्यक्ष सिजर राजभण्डारी रहेका छन् । समितिका अन्य सदस्यहरूमा संजय अग्रवाल, तोयानाथ खतिवडा, रेगन शाक्य, तुलशा श्रेष्ठ, निलु राजभण्डारी, दिपक गुरागाँई, दिपेश उदाश, यदु तिम्सिना, जीवन रिजाल, दिपक अग्रवाल (रघुनन्दन), अनुराग गोश्वामी, सिर्जना अग्रवाल, अंकित केडिया, मोहित अग्रवाल, अप्सरा खड्का, टोनी जिन्दल, प्रविन शाक्य, मनोज अग्रवाल, प्रेम श्रेष्ठ, आकाश गोयल, त्रिलोकचन्द सिंची, सपना मगर, सुमित बेगानी र रविना कर्ण रहेका छन् । बाँकी सदस्यलाई पछि मनोनयन गरिने जनाइएको छ । यस उपसमितिलाई सहयोग पुर्‍याउन वेदप्रकाश अग्रवाल, सत्यनारायण चौधरी, कृष्ण उदाश, ओम प्रकाश अग्रवाल, विजय ठाकुर, उत्तम शिवाकोटी, नरेश वंशल, सुरेश...

प्याब्सन झापाद्वारा भवन स्तरोन्नति,विविध उपसमिति गठन गरी कार्य प्रारम्भ

Image
झापा,जेठ २८  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आफ्नो संस्थागत संरचना सुदृढ पार्दै बिर्तामोड नगरपालिका–१, गैरीगाउँस्थित एक तले भवनलाई स्तरोन्नति गर्ने निर्णय गरेको छ। आधुनिक सुविधा सम्पन्न बहुमंजिला भवन निर्माणको तयारी स्वरूप विभिन्न उपसमितिहरू गठन गर्दै काम प्रारम्भ गरिएको छ। भवन निर्माणको नेतृत्व प्याब्सन झापाका प्रमुख सल्लाहकार तथा कोशी प्रदेशका सचिव गौरीमान फागोले गर्ने छन्। उहाँको संयोजकत्वमा ११ सदस्यीय भवन निर्माण उपसमिति गठन गरिएको छ। सदस्यहरूमा एलपी उप्रेती, छत्रवहादुर कार्की र सचिवालयका अन्य सदस्यहरू – हरिकृष्ण पाठक, टीआर गौतम, इश्वरा श्रेष्ठ, लक्ष्मीप्रसाद उप्रेती, अमृत कुमार तिम्सिना, जीवन शिवाकोटी, विनोद सुब्बा र नारायण सुवेदी छन्। समितिले चाँडै निर्माण कार्य आरम्भ गर्ने जनाएको छ। यसैबीच, प्याब्सन झापाको हालै सम्पन्न बैठकले विभिन्न क्षेत्रीय कार्यको लागि थुप्रै उपसमिति गठन गरेको छ। प्राज्ञिक, साँस्कृतिक, खेलकुद, तालिम तथा लेखा सम्बन्धी उपसमिति गठन प्राज्ञिक सल्लाहकार समिति: मोहन सुब्बा, गुरुभक्त न्यौपाने, राम सिटौला, अमृतबहादुर बुढाथोकी, अखिल क...

प्याब्सन सल्लाहकारमा घिमिरे,झापामा भव्य स्वागत

Image
झापा,जेठ २८  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का केन्द्रीय सल्लाहकारमा नारायणप्रसाद घिमिरे मनोनित भएका छन्। झापाको गौरादह निवासी घिमिरे माउण्ट एभरेष्ट अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल हुन्। उनी लामो समयदेखि प्याब्सनमा सक्रिय रहँदै आएका छन्। घिमिरेले २०६६ देखि २०७० सम्म दुई कार्यकाल प्याब्सन झापाको अध्यक्षका रूपमा नेतृत्व गरेका थिए। त्यसपछि उनी केन्द्रीय सदस्य हुँदै संघीयता कार्यान्वयनसँगै कोशी प्रदेश अध्यक्षको जिम्मेवारीमा पुगे। उनले दुई कार्यकाल प्याब्सनको केन्द्रीय उपाध्यक्षको भूमिका समेत निर्वाह गरिसकेका छन्। प्याब्सनको केन्द्रीय सल्लाहकारमा मनोनित भएको अवसरमा झापाको कार्यालयमा आयोजित कार्यक्रममा घिमिरेलाई औपचारिक रूपमा स्वागत तथा सम्मान गरिएको हो। कार्यक्रममा प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले घिमिरेको योगदानको उच्च मूल्याङ्कन गर्दै जानकारी दिएका थिए। शिक्षा क्षेत्रका अनुभवी अभियन्ता घिमिरे नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय छन्। साथै, उनी राष्ट्रिय सहकारी संघमा पनि दुई कार्यकालसम्म सञ्चालकका रूपमा स...

दुर्घटनामा बिर्तामोड–१० का वडा सदस्य पृथ्वी बस्नेत सहित दुई घाईते

Image
२६ जेठ,बिर्तामोड बिर्तामोड–१० का वडा सदस्य पृथ्वी बहादुर बस्नेत सडक दुर्घटनामा परेर घाईते भएका छन्। उनीसँगै मोटरसाइकलमा सवार कमला बस्नेत पनि घाईते भएकी छन्। दुर्घटना आज दिउँसो ३ बजेर ९ मिनेट जाँदा बिर्तामोड–१० को मनकामना चोकमा भएको हो। बस्नेत दुवै जना बिर्तामोड नगरपालिकाबाट घर नक्सा पासको काम सकेर घर फर्कने क्रममा प्र. १-०१-०१२ प ४७८० नम्बरको होण्डा साईन मोटरसाइकलमा सवार थिए। उत्तरतर्फबाट आउँदै गरेको सो मोटरसाइकल कोलाटोलीतर्फबाट आएको को १ प ८६४४ नम्बरको एम्बुलेन्ससँग ठोक्किँदा दुर्घटना भएको वडा सदस्य बस्नेतले जानकारी दिएका छन्। दुर्घटनामा वडा सदस्य बस्नेतको खुट्टा र कोखामा चोट लागेको छ भने कमला बस्नेतको छाती र टाउकोमा चोट लागेको जनाइएको छ। हाल दुवै जनाको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

विज्ञान प्रदर्शनीमा आदर्श मावि प्रथम,चार लाख नगद पुरस्कार प्राप्त

Image
 २६ जेठ,बिर्तामोड  झापाको बिर्तामोड–५ स्थित देवी माविमा सम्पन्न कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ। कोशी प्रदेशका विभिन्न जिल्लाका विद्यालयहरूबीच भएको यस प्रदर्शनीले विद्यार्थीहरूमा विज्ञान र नवप्रवर्तनप्रतिको अभिरुचि उजागर गरेको आयोजकले जनाएको छ। नेकपा एमालेको कोशी विज्ञान तथा प्रविधि विभागको आयोजनामा जेठ २४ देखि २६ गतेसम्म सञ्चालित उक्त कार्यक्रमको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्। प्रतिस्पर्धामा झापाको बुद्धशान्ति गाउँपालिकास्थित आदर्श मावि उत्कृष्ट ठहरिँदै प्रथम भएको छ। विद्यालयले रु. ४ लाख नगद पुरस्कार प्राप्त गरेको हो। द्वितीय स्थान बिर्तामोड–५ को देवी माविले हासिल गर्दै रु. ३ लाख प्राप्त गरेको छ भने तेह्रथुमको सिंहदेवी मावि तृतीय स्थानमा रहँदै रु. २ लाख नगद जित्न सफल भएको छ। प्रतिभा पहिचान अन्तर्गत सम्मानित विद्यालयहरूमा: फिदिम मावि, पाँचथर  फिक्कल मावि, इलाम ल्याबोरेटरी मावि, सुनसरी चिसापानी मावि, खोटाङ भानु जन मावि, ताप्लेजुङ मनकामना रत्न अम्बिका मावि, संखुवासभा हिमाली मावि, झापा त्रिवेणी मावि, धनकु...

बिर्तामोड–२ चैतुबाढीमा अज्ञात पुरुष मृत फेला,गर्मीका कारण मृत्युको आशंका

Image
  जेठ २५,बिर्तामोड झापा जिल्लाको बिर्तामोड नगरपालिका–२ स्थित चैतुबाढीमा एक अज्ञात पुरुषको शव फेला परेको छ। मधेसी मूलको जस्तो देखिने करिब ४० वर्ष आसपासका ती पुरुषको अत्यधिक गर्मीका कारण मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। श्रीराम प्लाई उद्योग नजिकै चप्पलको सिरानी बनाएर सुतिरहेको अवस्थामा फेला परेका ती व्यक्ति घटनास्थलमै मृत फेला परेका हुन् । बिर्तामोड-२ का वडाअध्यक्ष किशोर पौडेलका अनुसार पछिल्लो समय बढ्दो गर्मीका कारण मृत्यु भएको हुन सक्ने सम्भावना छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिर्तामोडमा ठूलाे चोरी प्रकरणको खुलासा,तीन जना पक्राउ

Image
  जेठ २२ , बिर्तामोड झापाको बिर्तामोड क्षेत्रमा पछिल्लो समय लगातार चोरीका घटना भइरहेका छन्। यस्तै एउटा घटनामा संलग्न तीन जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिर्तामोड नगरपालिका–४ निवासी कमला कार्कीको घरमा करिब एक महिनाअघि भएको ठूलो चोरी प्रकरणमा ती तीनजना संलग्न रहेको खुलेको हो। प्रहरीका अनुसार, बैशाख १५ गते दिउँसो १:३० बजेतिर कार्कीको घरको मूल ढोकाको ताल्चा फोडी चोरी गरिएको थियो। चोरहरूले कोठाभित्र रहेको दराजको सेफ लकरसमेत फुटाएर नगदसहित सुनका विभिन्न गहना चोरी गरेका थिए। चोरीमा परेका गहनामा ५ तोला सुन, पाँच तोला आठ आनी सुनबाट बनेका ब्रास्लेट, सिक्री, औंठी, चन्द्रमा, चोकर र लकेटसहित करिब २९ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको अनुमान गरिएको छ। प्रहरी अनुसन्धानका क्रममा बिर्तामोड–७ का २७ वर्षीय दिपेश खवासलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले चोरीको दोष स्वीकार गरेका छन्। उनले उक्त गहना बिर्तामोड–४ का ३५ वर्षीय पवन चौधरीलाई बिक्री गरेको बयान दिएका छन्। पवन चौधरीलाई पनि नियन्त्रणमा लिएपछि उनले चोरीको गहना मेचीनगर–१०, धुलावारीका ३३ वर्षीय जय ज्वेलर्स सञ्चालक आशिष श्रापलाई बेचे...