बिर्तामोड -१० मा चासोक तङ्गनाम तथा उधौली पर्व भव्य रूपमा सम्पन्न
पौष ५,झापा किरात याक्थुङ चुम्लुङ बिर्तामोड–१० वडा समितिको आयोजनामा लिम्बु जातिको महत्वपूर्ण पर्व चासोक तङ्गनाम (येले तङ्गवे ५०५८) तथा उधौली पर्व–२०८२ बिर्तामोडमा भव्य रूपमा सम्पन्न भएको छ। बिर्तामोड नगरपालिका–१० स्थित जर्मनडाँडामा रहेको कियाचु १० नं. वडा शाखाको भवन तथा कार्यालय परिसरमा आयोजित कार्यक्रममा लिम्बु समुदायसहित विभिन्न जातजाति र समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सभापति चामबहादुर जबेगुको अध्यक्षता तथा बिर्तामोड–१० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गुरुङले पानसमा दिप प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रममा बिर्तामोड–६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, बिर्तामोड–१० का वडा सदस्य धनमाया श्रेष्ठ र पृथ्वी बस्नेत,कियाचु बिर्तामोड नगर अध्यक्ष हिमालयप्रसाद कन्दङ्वा, सचिव भिममाया नेम्बाङ,कियाचु झापा सदस्य धर्म लक्सम्बा,कियाचु बिर्तामोड–१० का सल्लाहकार रिमान ध्वज लोक्ताम, जग्गादाता मोती थेगिम,सुनुवार सेवा समाजका मनु मुखिया तथा विभिन्न टोल विकास संस्थाका अध्यक्षलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा स...