माघ २४ देखि झापा गोल्डकप-७ सुरु हुँदै,एक्सिट्रिम इनर्जी ड्रिंक्स मुख्य प्रायोजक
१६ माघ,झापा झापा बिर्तामोड–३ स्थित डोमालाल राजबंशी रंगशालामा आगामी माघ २४ गतेदेखि सञ्चालन हुने सातौँ संस्करणको ऐतिहासिक स्व.बिनोद बस्नेत स्मृति झापा गोल्डकप फुटबल प्रतियोगिताको मुख्य प्रायोजकसँगको हस्ताक्षर कार्यक्रम आज सम्पन्न भएको छ। झापा बिर्तामोडस्थित अतिथि सदनमा सञ्चारकर्मीहरुलाई जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा यस संस्करणको मुख्य प्रायोजकको रूपमा एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्सिट्रिम इनर्जी ड्रिंक्स’ रहने जानकारी गराइएको हो। एग्रो थाई फुड्सको तर्फबाट कन्ट्री मेनेजर पवन श्रेष्ठ र झापा गोल्डकपको तर्फबाट अध्यक्ष केदार गिरीले सहमति पत्रमा आजै हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा हस्ताक्षर पश्चात अध्यक्ष गिरीले यो सातौँ संस्करणको झापा गोल्डकप विगतको पाँचौँ र छैठौँ संस्करणलाई ऐतिहासिक रूपमा सफल बनाउने नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने पूर्व अध्यक्ष स्वर्गीय बिनोद बस्नेतको स्मृतिमा समर्पित रहेको बताउनुभयो। पुरस्कार राशी वृद्धि,विजेतालाई १५ लाख अध्यक्ष गिरीका अनुसार यस वर्ष झापा गोल्डकपको पुरस्कार राशी वृद्धि गरिएको छ। जसअनुसार विजेता टिमले रु. १५ लाख र उपविजेता...