झापामा हास्य र लाखे नृत्यसहित गाईजात्रा कार्यक्रम हुने
१५ श्रावण, बिर्तामोड नेवा: देय् दबू झापाको पहलमा झापामा पहिलो पटक हास्यव्यङ्ग्य र लाखे नृत्य प्रस्तुतिसहितको भव्य गाईजात्रा उत्सव आयोजना हुने भएको छ। बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत आयोजक समितिले आगामी साउन २४ गते सिटि सेन्टरमा हुने कार्यक्रमबारे जानकारी दिएको हो। कार्यक्रम संयोजक तथा नेवा: देय् दबू कोशी प्रदेशका निवर्तमान अध्यक्ष इन्द्रबहादुर श्रेष्ठका अनुसार यसपालिको गाईजात्रामा विशेष गरी हास्यव्यङ्ग्य प्रस्तुतिलाई प्राथमिकता दिइएको छ। उहाँले यो सुरुवातलाई निरन्तरता दिँदै झापामा प्रत्येक वर्ष गाईजात्रा उत्सवलाई परम्परागत रूपमा मनाइने विश्वास व्यक्त गर्नुभयो। यस अवसरमा साहित्यकार होम सुवेदी, चूडामणि वशिष्ठ, गणेश निरौला, केशव आचार्य, टंक विकल्प, पिनाकी कोइराला, मदन भण्डारी, विकास शिवा, रहस्य विक्रम चिमरिया, राजीव हलवाई, परिक्रमा श्रेष्ठ, जीवनकुमार श्रेष्ठ, कृष्ण अनमोल र सुरेन्द्र श्रेष्ठलगायत १४ जना चर्चित साहित्यकारले आफ्ना व्यङ्ग्यात्मक रचनाहरू प्रस्तुत गर्नेछन्। कार्यक्रममा दबूका झापा इन्चार्ज भरतकुमार श्रेष्ठले नेवारी संस्कृति र लाखे नृत्यको ऐतिहासिक पृष्ठभूम...