झापामा हास्य र लाखे नृत्यसहित गाईजात्रा कार्यक्रम हुने

  


१५ श्रावण,
बिर्तामोड
नेवा: देय् दबू झापाको पहलमा झापामा पहिलो पटक हास्यव्यङ्ग्य र लाखे नृत्य प्रस्तुतिसहितको भव्य गाईजात्रा उत्सव आयोजना हुने भएको छ। बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत आयोजक समितिले आगामी साउन २४ गते सिटि सेन्टरमा हुने कार्यक्रमबारे जानकारी दिएको हो।

कार्यक्रम संयोजक तथा नेवा: देय् दबू कोशी प्रदेशका निवर्तमान अध्यक्ष इन्द्रबहादुर श्रेष्ठका अनुसार यसपालिको गाईजात्रामा विशेष गरी हास्यव्यङ्ग्य प्रस्तुतिलाई प्राथमिकता दिइएको छ। उहाँले यो सुरुवातलाई निरन्तरता दिँदै झापामा प्रत्येक वर्ष गाईजात्रा उत्सवलाई परम्परागत रूपमा मनाइने विश्वास व्यक्त गर्नुभयो।

यस अवसरमा साहित्यकार होम सुवेदी, चूडामणि वशिष्ठ, गणेश निरौला, केशव आचार्य, टंक विकल्प, पिनाकी कोइराला, मदन भण्डारी, विकास शिवा, रहस्य विक्रम चिमरिया, राजीव हलवाई, परिक्रमा श्रेष्ठ, जीवनकुमार श्रेष्ठ, कृष्ण अनमोल र सुरेन्द्र श्रेष्ठलगायत १४ जना चर्चित साहित्यकारले आफ्ना व्यङ्ग्यात्मक रचनाहरू प्रस्तुत गर्नेछन्।

कार्यक्रममा दबूका झापा इन्चार्ज भरतकुमार श्रेष्ठले नेवारी संस्कृति र लाखे नृत्यको ऐतिहासिक पृष्ठभूमि उजागर गर्दै झापामा करिब तीस हजार नेवार समुदायको उपस्थिति रहेको र तिनको सांस्कृतिक पहिचान जोगाउन यस्ता कार्यक्रम अत्यावश्यक भएको उल्लेख गर्नुभयो।

दबूका झापा अध्यक्ष यामकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सचिव लक्ष्मण ज्वयल श्रेष्ठले सञ्चालन गर्नुभयो भने प्रचार–प्रसार संयोजक ओमप्रकाश श्रेष्ठले उत्सवमा व्यापक सहभागिताका लागि सबैमा आग्रह गर्नुभयो।

यसै अवसरमा सोही दिन झापाका  पालिकास्तरिय लाखे नृत्य प्रतियोगितासमेत आयोजना हुने भएको छ जसमा प्रथम हुनेले रु दशहजार, द्धित्तियले रु सातहजार, तृत्तियले रु. पाँचहजार र सान्तवना स्वरूप सहभागी टिम प्रत्येक सहमागी टिमलाई  रु. एकहजारको दरले पुरस्कृत गरिने आयोजकका तर्फबाट इन्द्र बहादुर श्रेष्ठले जानकारी गराए।

सो अवसरमा सहआयोजक संस्था नेवा: मिसा दबू झापा अध्यक्ष तिलरुपा श्रेष्ठ, नेवा: देय दबू बिर्तामोड अध्यक्ष टेकबहादुर श्रेष्ठलगायतको सक्रियता रहेको थियो। साथै, वरिष्ठ साहित्यकार केशव आचार्य, नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष प्रेम घिसिङ, मेचे शिवियारी आफतका केन्द्रीय अध्यक्ष विरेन मेचे, दबू कोशी प्रदेश सचिवालय सदस्य छत्रबहादुर श्रेष्ठ, पूर्व सदस्य केशवकुमार ताम्राकार लगायत अतिथिहरूको पनि पत्रकार समोलनमा उपस्थिति रहेको हो।


Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला