Posts

Showing posts from October, 2026

शम्भु राईको एकल गायन कार्यक्रमको अन्तिम तयारी पूरा

  २० असोज,दमक  आदिवासी  जनजाति नेत्रहिन संघको आयोजनामा संघले स्थापना गरेको झापाली छात्रवृत्ति सहारा अक्षय कोष वृद्धि तथा संस्थाको व्यवस्थापनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले आयोजना हुन लागेको वरिष्ठ लोकगायक शम्भु राईको एकल गायन कार्यक्रमको अन्तिम तयारी पूरा भएको आयोजकले जनाएको छ। आगामी असोज २४ गते शिवसताक्षीको झिलझिले र असोज २५ गते दमकमा आयोजना हुने उक्त एकल गायन कार्यक्रमको तयारीबारे आयोजकले आज दमक–५ स्थित होटल जोर्वा र झिलझिलेस्थित सतासी साप्ताहिकको कार्यालयमा छुट्टाछुट्टै पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको हो। दमकमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम आयोजकका तर्फबाट संघका सल्लाहकार तथा कार्यक्रमकी आर्थिक संयोजक प्राज्ञ सुमित्रा बाङ्गदेल ‘चेली’ ले केही दाताहरूले खुलेर सहयोग गरे पनि धेरै समाजसेवी तथा दाताहरूबाट अपेक्षाअनुसार सहयोग प्राप्त हुन नसकेको गुनासो व्यक्त गर्नुभयो। उहाँले अभियानको उद्देश्य सामाजिक सेवासँग जोडिएको भएकाले सबै क्षेत्रबाट सहयोग र साथ प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो। त्यस्तै, पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका समन्वयकर्ता तथा समाजस...