कोशी प्रदेशस्तरीय खुल्ला गायनमा शम्भूको जित
अ सार १७,बिर्तामोड झापा नेत्रहिन संघ तथा नेत्रहिन संघ कोशी प्रदेशको आयोजनामा सम्पन्न दृष्टिबिहिन व्यक्तिहरूकालागि कोशी प्रदेशस्तरीय खुल्ला गायन प्रतियोगिता भव्य तथा प्रेरणादायी वातावरणमा सम्पन्न भएको छ। प्रतियोगितामा झापाका शम्भू राजबंशी प्रथम हुँदै नगद रु. १०,००० सहित सम्मानित भएका छन्। प्रतियोगितामा झापाकै समीर अधिकारी द्वितीय हुँदै नगद रु. ५,००० प्राप्त गर्न सफल भए। त्यसैगरी,धनकुटाकी सुजिता राई तृतीय स्थान हासिल गर्दै नगद रु. ३,००० प्राप्त गर्न सफल भइन् भने झापाकी पवित्रा तामाङ्ग चौथो (सान्त्वना) स्थान हासिल गर्दै नगद रु. २,००० प्राप्त गर्न सफल भइन्। विजेता तथा पुरस्कृत प्रतिभाहरूलाई कार्यक्रमका अध्यक्ष होमनाथ राजबंशी लगायत प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो। विश्वप्रसिद्ध प्रेरणादायी व्यक्तित्व हेलेन केलरको १४६औँ जन्मजयन्ती तथा झापा नेत्रहिन संघको २९औँ स्थापना दिवसको अवसर पारेर बिर्तामोड–३ स्थित झापा नेत्रहिन संघको सभाहलमा उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमले दृष्टिबिहिन व्यक्तिहरूको प्रतिभा उजागर गर्नु...