Posts

Showing posts from August, 2025

बिराटपोखरीमा हरितालिका तीज नृत्य प्रतियोगिता सम्पन्न,विजेतालाई सम्मान

Image
भदौ १०,बिर्तामोड बिर्तामोड-३ स्थित ऐतिहासिक तथा धार्मिक स्थल बिराटपोखरीमा श्री बिराटपोखरी सरोबर बहुउद्देश्यीय विकास समितिको आयोजनामा हरितालिका तीज विशेष नृत्य प्रतियोगिता भव्यतापूर्वक सम्पन्न भएको छ। हरितालिका तीजकै दिन आयोजना गरिएको सो प्रतियोगितामा पन्ध्र वर्ष उमेर समूहसम्मका सत्र जना बालबालिकाको सहभागिता रहेको थियो। प्रतियोगितामा बिर्तामोड–३ की जेनिफर बुढाथोकी प्रथम स्थान हासिल गर्दै रु. पाँचहजार नगदसहित प्रमाणपत्र प्राप्त गरिन्। त्यस्तै बिर्तामोड–३ की रिया प्रसाई द्वितीय हुँदै रु. तीनहजार र प्रमाणपत्र, बिर्तामोड–९ की कृत्तिका पौडेल तृतीय हुँदै रु. दुईहजार र प्रमाणपत्र तथा बिर्तामोड–१० की समृद्धि निरौला सान्त्वना हुँदै रु. एक हजार नगद र प्रमाणपत्र प्राप्त गरिन्। प्रथम पुरस्कार बिर्तामोड–१० निवासी हेनिसा परामर्श सेवाका प्रोपाइटर तथा लक्ष्मी नारायण कीर्तन मण्डलीका सचिव रुद्र चुडालले प्रायोजन गरेका थिए भने द्वितीय पुरस्कार नेपाल चिया प्याकेजिङ्ग कोशी प्रदेश अध्यक्ष बिरन कोइरालाले प्रायोजन गरेका थिए। यसअघि समितिले आयोजना गरेको भिडियो रिल्स प्रतियोगिताका विजेताहरूमध्ये चण्डिका सिटौला सेढ...

नेपालका पाँच सय बढीलाई निःशुल्क कृत्रिम हात–खुट्टा वितरण हुने

Image
झापा, भदौ ८ । मारवाडी युवा मञ्च बिर्तामोड र मारवाडी युवा मञ्च सिलिगुढीको संयुक्त पहलमा नेपालका पाँच सयभन्दा बढी शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क कृत्रिम हात–खुट्टा वितरण गर्न लागिएको छ। नेशनल मारवाडी फाउण्डेशनको सहयोगमा हुने यो वितरण कार्यक्रम आगामी सेप्टेम्बर १४ मा सिलिगुढीमा आयोजना हुने भएको हो। बिर्तामोडमा शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजकहरूले उक्त जानकारी दिएका हुन्। मारवाडी युवा मञ्च बिर्तामोडका पूर्व महासचिव प्रविण अग्रवालका अनुसार विशेष कारणले हात–खुट्टा गुमाएका जो कोही व्यक्तिले यो सेवा निःशुल्क पाउनेछन्। सहभागीहरूलाई भदौ २९ गते बिर्तामोडस्थित अग्रसेन भवनबाट सिलिगुढी पुर्‍याई कृत्रिम हात–खुट्टा लगाइदिएपछि पुनः अग्रसेन भवनमै ल्याइने व्यवस्था गरिएको उनले बताए। यसका लागि यातायातको सुविधा साथै खान र बस्ने सम्पूर्ण व्यवस्थापन मारवाडी युवा मञ्च सिलिगुढीले गर्ने भएको छ। दुई वर्षअघि पनि नेपालबाट सयभन्दा बढी लाभान्वित भएका थिए भने यस वर्ष कम्तीमा पाँच सयलाई सेवा उपलब्ध गराउने लक्ष्य राखिएको अग्रवालले स्पष्ट पारे। पत्रकार सम्मेलनमा मञ्च सिलिगुढीका अध्यक्ष प्रणय गोयल, पूर्...

इटहरीमा सम्पन्न भयो आईआईसी इनोभेक्स ३.०

Image
भदौ ७,ईटहरी  नेपालकै सबैभन्दा ठूलो विद्यार्थी–नेतृत्वको नवप्रवर्तन र उद्यमशीलता महोत्सव ‘आईआईसी इनोभेक्स ३.०’ तीन दिने यात्रापछि इटहरी इन्टरनेशनल कलेजमा सफलतापूर्वक सम्पन्न भएको छ। साउन ४ देखि ६ गतेसम्म चलेको महोत्सवमा देशभरका १६ कलेजका विद्यार्थीले सहभागिता जनाएका थिए। ‘फाइनान्सियल फीट’, ‘लिगल सिम्पोजियम’, ‘मार्केटिङ माभेन’ र ‘सिइओ क्रोनिकल्स’ जस्ता कार्यक्रममार्फत विद्यार्थीहरूले शैक्षिक ज्ञानलाई व्यवहारिक क्षेत्रमा उतार्ने अवसर पाए। निर्णायक र उद्योग विज्ञलाई प्रभावित पार्ने प्रस्तुति गर्दै विराटनगर इन्टरनेशनल कलेज विजेता, एसीई इन्स्टिच्युट अफ म्यानेजमेन्ट पहिलो रनरअप र हेराल्ड कलेज दोस्रो रनरअप बने। महोत्सवमा २०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो। उद्योग विज्ञ, शिक्षाविद् र मिडियाको उल्लेखनीय चासोले यसलाई राष्ट्रिय स्तरको महत्त्वपूर्ण कार्यक्रममा परिणत गरेको आयोजकले जनाएका छन्। समापन समारोहमा आयोजक टोलीले सहभागी कलेज, मार्गदर्शक र साझेदारलाई धन्यवाद दिँदै आगामी वर्ष ‘आईआईसी इनोभेक्स ४.०’ अझ प्रभावकारी ढंगले आयोजना गर्ने घोषणा गरेको छ।

बिर्तामोडमा एशियन हाइवेबारे सार्वजनिक सुनुवाइ, सरोकारवालाको चासो

Image
  भदौ ७,झापा   बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले निर्माणाधीन एशियन हाइवेबारे विभिन्न प्रश्न तथा चासो व्यक्त गरेका छन्। सुनुवाइमा बोल्ने वक्ताहरूले विशेषगरी बिर्तामोड र चारपानेमा बन्न लागेका ‘ओभरपास’, पार्किङ व्यवस्थापन, पानी निकास, सार्वजनिक शौचालय, खानेपानी, विद्युत तार भूमिगत गर्ने, लागू औषध नियन्त्रण लगायतका विषयमा सरोकारवालाको ध्यानाकर्षण गराए। जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ ले स्थानीयसँग समन्वय नगरी ओभरपास बनाउन लागेको भन्दै चिन्ता व्यक्त गरे। राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले पार्किङ र सिटी–अटो रिक्साका लागि छुट्टै व्यवस्थापन आवश्यक रहेको बताए। त्यस्तै, स्थानीय राजु ओलीले पानी निकासको उचित व्यवस्था गर्नुपर्ने सुझाव राखे भने व्यवसायीहरूले पार्किङ अनिवार्य गर्ने, सार्वजनिक शौचालय र खानेपानीको प्रवन्ध मिलाउनुपर्ने माग गरे। महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बाले घरेलु मदिराको खुलेआम बिक्रीबारे चिन्ता व्यक्त गर्दै नियमनकारी निकायलाई कडाइ गर्न आग्रह गरिन्।...

बिर्तामोड–८ मा नेपाली कांग्रेसको तीज मिलन कार्यक्रम सम्पन्न

Image
बिर्तामोड,भदौ ६ नेपाली कांग्रेस वडा नं.–८ समिति तथा महिला संघको संयुक्त आयोजनामा तीज मिलन कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ। वडाको स्थानीय हर्चनामा सम्पन्न कार्यक्रममा करिब पाँच सय जना महिला दिदीबहिनी तथा आगन्तुकको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्रम नेपाली कांग्रेस वडा नं.–८ का सभापति उत्तम कटुवालको सभापतित्वमा तथा नेपाली कांग्रेस झापा जिल्ला कोषाध्यक्ष जलकुमार गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा केन्द्रीय सदस्य उमा शिवाकोटी,क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महिला संघ झापा सभापति टिका मैनाली सिटौला,नगर सभापति भोजराज सिटौला, वडा नं.–९ का सभापति बासुदेव अधिकारीसहित विभिन्न नेताहरुको उपस्थिति रहेको थियो। नेता तथा अतिथिहरुले नेपाली कांग्रेसका संस्थापक नेता स्व. बिपी कोइरालाको तस्बिरमा माल्यार्पण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए। सम्बोधनका क्रममा वक्ताहरुले तीज पर्वले महिलाबीच आपसी स्नेह र खुशी आदान–प्रदान गर्ने परम्परालाई जीवित राख्ने सन्देश दिएको उल्लेख गर्दै उपस्थित सबैलाई शुभकामना व्यक्त गरे। आयोजक कमिटिका तर्फबाट स्वागत मन्तव्य राख्दै नेपाल किसान संघक...

दमक–४ मा ४२ जेष्ठ नागरिक सम्मान,छैटौं साधारण सभा सम्पन्न

Image
२ भदौ,झापा दमक नगरपालिका–४ स्थित जेष्ठ नागरिक सम्मान प्रतिष्ठानले ४२ जना जेष्ठ पुरुष नागरिकलाई सम्मान गर्दै विविध कार्यक्रमसहित छैटौं साधारण सभा सम्पन्न गरेको छ। प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद सिंखडाको सभापतित्व र दमक नगरप्रमुख राम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सरिता कार्कीले र सञ्चालन सचिव छबिलाल न्यौपानेले गरेका थिए। सम्मानित प्रत्येक जेष्ठ नागरिकलाई रुद्राक्षको माला, जुस र छाता प्रदान गरिएको कार्यक्रममा दमक वडा–४ का अध्यक्ष पुण्य प्रसाद दाहाल, प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दुर्गा पौडेल, दाहाल प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाद दाहालसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो। सोही अवसरमा नयाँ सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै आमा–दिदीबहिनीहरुले तीजका गीतमा नाचगान र दर खानपिनसहित कार्यक्रमलाई थप रमाइलो बनाएका थिए।

बिराटपोखरी विकासका सुझावसहित चिया संवाद समाप्त

Image
  २ भदौ,झापा श्री बिराटपोखरी सरोबर बहुउद्देश्यीय विकास समितिले आयोजना गरेको ‘बिराटपोखरी दिगो विकासका लागि चिया संवाद कार्यक्रम–२०८२’ भाद्र १ गते सफलतापूर्वक सम्पन्न भएको छ। श्रावण २६ देखि निरन्तर सञ्चालन भएको सो कार्यक्रम प्रत्येक दिन बिहान ७ देखि ८ बजेसम्म भएको थियो। समितिका अध्यक्ष इन्द्र प्रसाद प्रसाईको अध्यक्षतामा भएको संवादमा सरोबर संरक्षण र दिगो विकासका विषयमा सरोकारवालाहरुले बहुमूल्य राय–सुझाव दिएका थिए। अध्यक्ष प्रसाईका अनुसार कार्यक्रममार्फत संकलित सुझावहरुमध्ये उल्लेखनीय प्रस्तावमा — पोखरी भित्र आकर्षक प्राकृतिक बगैंचा पार्क निर्माण, रुखमा सौन्दर्यपूर्ण बत्ती बाल्ने व्यवस्था, जंगली रुख रोप्न निषेध, नयाँ गुरुयोजना निर्माण, पोखरीको ऐतिहासिकता झल्कने बोर्ड र प्रतिमा स्थापना, सीसी क्यामेरा जडान, स्थायी आम्दानीका योजना, बाल खेलमैदान निर्माण, फोटो पत्रकारिता तालिमसहित फोटो खिच्ने स्थलको विकास, पोखरी सरसफाई र संरचनाको सुरक्षा, डिजिटल बोर्ड सूचनात्मक जडान, काली मन्दिर व्यवस्थापन, पोखरीभित्रका पसललाई बाहिर सार्ने, डुंगा सञ्चालन लगायतका सुझाव समेटिएका छन्। कार्यक्रमको क्रममा समितिक...

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

Image
१ भदौ,बिर्तामोड बिर्तामोड-१० बिराटपोखर निबासी समाजसेवी व्यक्तित्व धुर्ब प्रसाद शिवाकोटीको आज बिहान ८:०० बजे हृदयघातका कारण निधन भएको छ। ६९ वर्षीय शिवाकोटी लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका थिए। शिवाकोटीले बिहान आफ्नै निवासमा नित्यकर्म, पाठपूजा सकेपछि केहीबेरमै पलङ्गमा अचेत अवस्थामा देखिएका थिए। तत्काल बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा चिकित्सकले चेकजाँच गरि मृत घोषणा गरेका हुन्। छिमेकी टिका माया शिवाकोटीका अनुसार, अस्पताल लैजानु अघि उनी अस्वस्थ भई अचेत अवस्थामा पलङ्गमा भेटिएका थिए। स्व. शिवाकोटीका एक छोरा, दुई छोरी र श्रीमती क्रमशः अमेरिका र अष्ट्रेलियामा बसोबास गर्दै आएका छन्। परिवारजन बाहिर रहेका कारण हाल उनकाे शव बिएण्डसी अस्पतालमा सुरक्षित राखिएको छ। शिवाकोटी पनि आगामी असोज २ गते अष्ट्रेलिया जाने तयारीमा रहेको बताइएको थियो।

दमकमा मिडिया सञ्चालक र पत्रकारलाई सामाजिक सुरक्षा कोषबारे अभिमुखिकरण

Image
  दमक । झापाको दमकमा मिडिया सञ्चालक र पत्रकारहरुलाई सामाजिक सुरक्षा कोष र लेखा व्यवस्थापनबारे अभिमुखिकरण गरिएको छ । प्रेस चौतारी नेपाल झापाको आयोजनामा भएको कार्यक्रममा सामाजिक सुरक्षा कोष कोशी प्रदेश प्रमुख दिपकराज भट्ट र आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख ज्ञानेन्द्र प्रसाद यादवले सहजीकरण गरेका थिए । कार्यक्रममा प्रमुख सहजकर्ता भट्टले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको स्थापना, उद्देश्य, सञ्चालन, योगदानकर्ता, योजना, आवद्ध हुने प्रक्रिया, प्राप्त हुने लाभ र आश्रित परिवारले पाउने सुविधा लगायतका विषयमा विस्तृत जानकारी दिए । उनका अनुसार, श्रमिक र रोजगारदाताले संयुक्त रूपमा मासिक तलबको ३१ प्रतिशत योगदान गर्ने व्यवस्था गरिएको छ । जसअन्तर्गत कामदारको तलबबाट ११ प्रतिशत र रोजगारदाताबाट २० प्रतिशत कटानी हुने उनले स्पष्ट पारे । कोषमा आबद्ध भएपछि योगदानकर्ताले दुर्घटना विमा, स्वास्थ्योपचार, मातृत्व तथा शिशु स्याहार भत्ता, घातक रोग उपचार, दीर्घकालीन पेन्सन लगायतका सुविधा प्राप्त गर्नेछन् । उनले औपचारिक, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक र वैदेशिक रोजगारमा रहेका व्यक्तिहरू पनि यसमा आबद्ध ...

शिक्षा विधेयक विरुद्ध प्याब्सनद्वारा झापाका सबै पालिकामा ज्ञापनपत्र

Image
      श्रावण २९ झापा   शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले पास गरेको प्रस्तावित शिक्षा विधेयकका केही बुँदामा असहमति जनाउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) आन्दोलित बनेको छ । त्यसै क्रममा प्याब्सन झापाले जिल्लाका १४ वटै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ । प्याब्सनको केन्द्रीय निर्णय अनुसार झापाका सात नगरपालिका र सात गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाइएको प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले जानकारी दिए । कचनकवल गाउँपालिकामा भने प्याब्सनको सदस्य विद्यालय नरहेको बताइएको छ । हाल झापामा ३१८ निजी विद्यालय प्याब्सनमा आवद्ध छन् । ज्ञापनपत्र बुझाउने क्रममा प्याब्सन झापाका पदाधिकारीसँगै एन–प्याब्सन, हिसान लगायतका संस्थासमेत सहभागी थिए । चार सयभन्दा बढी सदस्य विद्यालयका संस्थापक, प्रिन्सिपल, सञ्चालक र शिक्षक–कर्मचारीको उपस्थितिमा विधेयकमा समावेश गरिएका चार मुख्य बुँदा सच्याउन माग गर्दै त्रापनपत्र बुझाइएको थियो । प्याब्सनले सरकार ल्याउन लागेको विधेयकमा उल्लेख भएको निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक ब...

बिराटपोखरीमा उप्रेती परिवारको लगानीमा निर्मित चौतारी समितिलाई हस्तान्तरण

Image
  ३१ श्रावण,झापा बिर्तामोड–३ स्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बिराटपोखरी परिसरमा स्थानीय समाजसेवी मनप्रसाद उप्रेतीको निजी लगानीमा निर्माण गरिएको पर्यटक–मैत्री चौतारी आज एक विशेष कार्यक्रमबीच श्री बिराटपोखरी सरोबर बहुउद्देश्यीय विकास समितिका अध्यक्ष इन्द्र प्रसाद प्रसाईलाई हस्तान्तरण गरिएको छ। पच्चिस फिट लम्बाइ र बाह्र फिट चौडाइमा ट्रस संरचनाबाट निर्मित चौतारी करिब दुई लाख पचहत्तर हजार रुपैयाँ लागतमा सम्पन्न भएको हो। कार्यक्रम चौतारी निर्माण पक्षका अध्यक्ष मनप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि पूर्व सांसद डिल्लीराम सिटौला, विशिष्ट अतिथि वडाध्यक्ष मदन बुढाथोकी, वडा सदस्य हरि बाँस्कोटा, समितिका अध्यक्ष इन्द्र प्रसाई, शिक्षाविद्, साहित्यकार, पूर्व जनप्रतिनिधि, पत्रकार, बैंक तथा सहकारी क्षेत्रका व्यक्तित्वहरू लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि सिटौलाले हालको राजनीतिक प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै, बिराटपोखरीको संरक्षण र विकासका यस्ता योगदान प्रशंसनीय रहेको धारणा राखे। त्यस्तै साहित्यकार देशु बनेम, शिक्षक केशव प्रसाई, पू...

वैरागी काइँलाको ८७औं जन्मोत्सव माङगेन्ना र कविता वाचनसहित सम्पन्न

Image
२६ श्रावण,दमक   नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा आयामी कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ) को ८७औं जन्मोत्सव आइतबार झापाको दमकमा माङगेन्ना र कविता वाचन कार्यक्रमसहित मनाइएको छ। नेपाल लिटरेरी ग्रुपको आयोजना तथा किरात मुन्धुम प्रतिष्ठान र फरक आयामको सहकार्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार लछामी सेर्मा पापोले मुन्धुम वाचन गर्दै माङगेन्ना उठाएर कार्यक्रमको सुरुवात गरे। स्रष्टाहरुले काइँलाका चर्चित कविताहरु वाचन गर्दै उनको साहित्यिक योगदानको चर्चा गरेका थिए। कवि तथा गजलकार शिव रेग्मी प्रणतले ‘मातेको मान्छेको भाषणः मध्यरातपछिको सडक’ वाचन गर्दै आयामेली आन्दोलनका अभियान्ता इन्द्रबहादुर राई र ईश्वर वल्लभलाई पनि सम्झिए। प्राज्ञ सुमित्र वाङ्देल ‘चेली’ले तेस्रो आयामको नेपाली साहित्यमा योगदानबारे धारणा राखिन् भने याक्थुङ प्रतिष्ठान दमकका कुलपति सेसेमी से नाल्बोले काइँलाले याक्थुङ साहित्यमा पुर्याएको योगदानको प्रशंसा गरे। फरक आयामका संयोजक साङसेन पन्धाकले केक काट्ने भन्दा माङगेन्ना गरेर जन्मोत्सव मनाउनु मौलिक संस्कृतिको संरक्षण भएको बताए। कार्यक्रममा विक्रम वनेम फागो, र...

देवीहाट व्यवसायी उप समिति संयोजकमा सुरेश गुप्ता

Image
झापा,साउन १८ बिर्तामोड उद्योग वाणिज्य संघले देवीहाट व्यवसायी उप समिति गठन गर्दै संयोजकमा सुरेश गुप्तालाई चयन गरेको छ। संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा बसेको भेलाले गुप्ताको नेतृत्वमा नयाँ उप समिति गठन गरेको हो। गठित उप समितिमा सह–संयोजक उर्मिला शाक्य, सचिव उमा शाह, सह–सचिव कृष्णप्रसाद सुनार र कोषाध्यक्ष शर्मिला अधिकारी रहेका छन्। त्यस्तै सदस्यहरूमा तारा श्रेष्ठ, सुमन न्यौपाने, विकास चौहान, दिपेश मानन्धर, रोशना लिम्बू, दिपचन्द शाह, वीर सिंह, दुर्गालाल श्रेष्ठ, रेखा शाह, गौरी मानन्धर, रोशन न्यौपाने, सागर गौतम, सरोज गुप्ता र राधिका चम्लगाई चयन भएका छन्। यसैगरी नरेश शाह, नारायण सुनार, द्वारिका अग्रवाल, सूर्य खतिवडा, अनुप अग्रवाल, नरेश महत्तो र पहलमान लोहरलाई सल्लाहकार समितिमा राखिएको छ। कार्यक्रममा बाणिज्य सचिव राजकुमार शाहले स्वागत मन्तव्य राखेका थिए भने महासचिव कुशल खतिवडाले सञ्चालन गरेका थिए। सो अवसरमा नवगठित उप समितिलाई १५ थान डस्टबिन हस्तान्तरण गरिएको थियो। संघले पछिल्लो समय बिर्तामोडका विभिन्न टोलमा व्यवसायीलाई एकीकृत गर्दै उप समितिहरू गठन गर्ने अभियानलाई तीव्रता दिएको छ। अह...