दमक–४ मा ४२ जेष्ठ नागरिक सम्मान,छैटौं साधारण सभा सम्पन्न



२ भदौ,झापा
दमक नगरपालिका–४ स्थित जेष्ठ नागरिक सम्मान प्रतिष्ठानले ४२ जना जेष्ठ पुरुष नागरिकलाई सम्मान गर्दै विविध कार्यक्रमसहित छैटौं साधारण सभा सम्पन्न गरेको छ।

प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद सिंखडाको सभापतित्व र दमक नगरप्रमुख राम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सरिता कार्कीले र सञ्चालन सचिव छबिलाल न्यौपानेले गरेका थिए।

सम्मानित प्रत्येक जेष्ठ नागरिकलाई रुद्राक्षको माला, जुस र छाता प्रदान गरिएको कार्यक्रममा दमक वडा–४ का अध्यक्ष पुण्य प्रसाद दाहाल, प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दुर्गा पौडेल, दाहाल प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाद दाहालसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।

सोही अवसरमा नयाँ सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै आमा–दिदीबहिनीहरुले तीजका गीतमा नाचगान र दर खानपिनसहित कार्यक्रमलाई थप रमाइलो बनाएका थिए।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन