मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

 


फागुन ९,बिर्तामोड

 मनकामना काली मन्दिर तथा सत्संग भवन समिति बिर्तामोड–१०, बिराटपोखरको अध्यक्षमा आगामी २ वर्षे कार्यकालका लागि हरिप्रसाद सिटौला चयन भएका छन्। आज सम्पन्न छैठौं वार्षिक उत्सव तथा दोस्रो अधिवेशनबाट सिटौलाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको जनाइएको छ।

समितिको उपाध्यक्षमा प्रकाश सिटौला,सचिवमा रामप्रसाद खनाल,सहसचिवमा सुरेश थापा आले मगर, कोषाध्यक्षमा सुनिता निरौला चयन भएका छन्। सदस्यहरूमा टेकेन्द्र थापा,रघुनाथ पाठक,यामनाथ सेढाई,अर्जुन तामाङ,गोमा संग्रौला र सन्तोष उप्रेती चयन गरिएको बताईएको छ।

यसअघि उद्घाटन सत्रमा प्रमुख अतिथि बिर्तामोड–१० का वडा अध्यक्ष दुर्योधन गुरुङले पानसमा दीप प्रज्वलन तथा ब्यानर वाचन गरी कार्यक्रम उद्घाटन गरेका थिए।

कार्यक्रममा बिराटपोखर टोल विकास संस्था बिर्तामोड–१० का अध्यक्ष कृष्णा कुमारी प्रसाई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। त्यसैगरी कोषाध्यक्ष सुनिता निरौलाले आयव्यय सार्वजनिक गरेकी थिइन् भने सचिव सुरेश थापा आले मगरले स्वागत मन्तव्य राखेका थिए।

प्रमुख अतिथि गुरुङले बिर्तामोड–१० का २७ वटा टोल विकास संस्थामध्ये बिराटपोखरस्थित मनकामना मन्दिर रहेको यो टोल धार्मिक दृष्टिकोणले वडाकै उत्कृष्ट टोल भएको धारणा व्यक्त गरे।

कार्यक्रममा पत्रकार इन्द्रसिंह राजवंशी,मन्दिर निर्माण जग्गा दाता डिल्ली राम पाठक लगायत बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम मनकामना काली मन्दिर प्राङ्गण बिर्तामोड–१० बिराटपोखरमा सम्पन्न भएको हो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति