बिर्तामोडमा नेवार समुदायको गाईजात्रा (सापारु) तथा लाखे नाँच प्रतियोगिता सम्पन्न
१३ भदौ, बिर्तमोड नेवाः देयः दबू बिर्तामोड नगर समितिको आयोजनामा नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको गाईजात्रा (सापारु) तथा लाखे नाच प्रतियोगिता आज बिर्तामोडमा सम्पन्न भएको छ। देशका विभिन्न स्थानमा बाढीका कारण संकट उत्पन्न भइरहेका बेला यस वर्षको गाईजात्रा पर्वलाई हर्षोल्लासका साथ नभई सांकेतिक रूपमा आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा लाखे नाच प्रतियोगितासँगै हास्यव्यंग्य कविता, स्वागत नृत्यलगायत विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरिएको थियो। परम्परा, संस्कृति र मौलिक पहिचानको संरक्षणसँगै सामाजिक विकृति–विसंगतिविरुद्ध सचेतना फैलाउने उद्देश्यसमेत कार्यक्रमले बोकेको आयोजकको भनाइ छ। कार्यक्रम संयोजक तथा नेवा देयः दबू कोशी प्रदेशका निवर्तमान अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको बिहानी सत्रमा बिर्तामोडको वान स्टप मलमा बिर्तामोडका विभिन्न वडाबाट आएका सहभागीहरू भेला भएका थिए। सहभागीहरूले लाखे नाचसहितका सांस्कृतिक झाँकी र ब्यानर बोकेर बिर्तामोड नगर परिक्रमा गरेका थिए। नगर परिक्रमा गर्दै सिटी ...