अपाङ्गता भएका व्यक्तिकालागि व्यवसायिक सीपमूलक तालिम सुरु
१७ बैशाख,बिर्तामोड झापा नेत्रहीन संघको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं. ६ को आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूका लागि व्यवसायिक सीपमूलक झोल साबुन, फिनेल र हार्पिक उत्पादनसम्बन्धी पाँचदिने तालिमको आज बिर्तामोडमा औपचारिक उद्घाटन गरिएको छ। तालिममा संघका १० जना अपाङ्गता भएका सदस्यहरूको सहभागिता रहने तथा उनीहरूले प्रत्यक्ष रूपमा सीप आर्जन गरी लाभ लिन सक्ने जानकारी गराईएको हो। झापा नेत्रहीन संघको बिर्ताबजार स्थित सभाहलमा आयोजित उद्घाटन कार्यक्रम संघका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा बिर्तामोड नगरपालिका वडा न.६ का वडा अध्यक्ष सूर्य प्रसाद कन्दङ्गवाको विशेष उपस्थिति रहेको थियो। राष्ट्रियप्रति समर्पित राष्ट्रगानबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि कन्दङ्गवाले ब्यानर वाचनसहित लक्षित कार्यक्रमका लागि आवश्यक कच्चा पदार्थ कार्यक्रमका अध्यक्ष होमनाथ राजबंशीलाई हस्तान्तरण गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। उक्त कार्यक्रममा सहभागी १० जना प्रशिक्षार्थीहरूले पाँच दिनसम्म निरन्तर तालिम लिने जनाइएको छ। तालिमको प्रशि...