बिर्तामोड-९ मा सुभाङ्गे चौतारो निर्माण,वैदिक विधिअनुसार उद्घाटन
१७ चैत्र,झापा झापा — बिर्तामोड–९ कञ्चनटोलस्थित सुभाङ्गे चोकमा स्थानीय समाजसेवी यज्ञराज श्रेष्ठको परिवारले निजि खर्चमा आफ्ना दिवंगत पिता स्व. पूर्णबहादुर श्रेष्ठ तथा माता स्व. टिकामाया श्रेष्ठको पावन स्मृतिमा एक आकर्षक तथा उपयोगी चौतारो निर्माण गरी सार्वजनिक गर्नुभएको छ। पाँचथरको सुभाङ्गमा रहेको पिताको जन्मथलोको सम्झनालाई सजिव राख्दै यात्रुहरूलाई विश्रामस्थल प्रदान गर्ने उद्देश्यले फलामे ट्रससहितको आधुनिक शैलीमा चौतारो निर्माण गरिएको हो। स्व. पूर्णबहादुर श्रेष्ठको वार्षिक पुण्यतिथिको अवसर पारेर चैत्र १६ गते आयोजित एक विशेष कार्यक्रमबीच नवनिर्मित चौतारोको वैदिक परम्पराअनुसार विधिवत उद्घाटन तथा सार्वजनिक गरिएको हो। उल्लेखनीय छ कि स्व. श्रेष्ठको गत वर्ष १०२ वर्षको उमेरमा निधन भएको थियो, जसले यस कार्यलाई अझ भावनात्मक र स्मरणीय बनाएको छ। चौतारो निर्माणकर्ता यज्ञराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाँचथर सुभाङ्ग झापा एकता मञ्चका अध्यक्ष ओमभक्त सेढाई प्रमुख अतिथिका रूपमा उपस्थित भई रिबन काटेर चौतारोको उद्घाटन गर्नुभयो। कार्यक्रममा गुरु पुरोहितद्वय दमनप्रसाद रिमाल र मनोज पौड्यालल...