कियाचुको १५ औं राष्ट्रिय महाधिवेशन सम्पन्न,अधक्षमा गोबिन्द
१७ चैत्र,झापा
आदिवासी याक्थुङ (लिम्बुहरू) को साझा संस्था किरात याक्थुङ चुम्लुङको अध्यक्षमा गोबिन्द बहादुर लिम्बु, आङ्बुहाङ, चयन भएका छन्।
झापाको भद्रपुरमा सम्पन्न १२ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष सहित ३९ सदस्यीय नयाँ संघीय कार्यसमिति निर्वाचित गरिएको हो।
समितिको तीन उपाध्यक्षमा निरन्ती तुम्बापो, योगेन्द्र पालुङवा र चक्र येक्तेन अभिषेक चयन भएका छन् भने महासचिवमा अमर तुम्याहाङ चयन भएका छन्।
त्यसैगरी उपमहासचिवमा भवानीविक्रम सम्बहाम्फे चयन भएका छन्।
तीन सचिवहरूमा लक्ष्मण लावती (मेची भूगोल), जीवन प्रकाश सेर्मा (कोशी भूगोल) र सङ्गीता सुब्बा (लिम्बुवान भूगोल) चयन भएका छन्।
कोषाध्यक्षमा कुमार जबेगु चयन भएका छन्।
ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, ओखलढुङगा र कास्की जिल्लाका प्रतिनिधिहरू सहभागी महाधिवेशनबाट सदस्यहरूमा गङ्गा राई सेर्मा (झापा), धर्मराज लक्सम्बा (झापा), सरस्वती तुम्बाहाङफे (इलाम) र राम कुमार योङहाङ (इलाम) चयन भएका छन्।
त्यस्तै निर्वाचित सदस्यहरूमा फूल माया नेम्बाङ (पान्थर), महेन्द्र कुमार आङदेम्बे (पान्थर), रीता मादेन (ताप्लेजुङ), बालचन्द्र आङबुहाङ (ताप्लेजुङ), सेसेहाङ हुक्पा चोङबाङ (तेह्रथुम) र मनकुमार लिम्बु (सङ्खुवासभा) रहेका छन्।
यसैगरी कमलदिप तिगेला सुब्बा (धनकुटा), इन्द्र कुमारी आङ्बो (धनकुटा), धनकुमारी लिम्बु (सुनसरी), मोहन कुमार लिम्बु (सुनसरी), प्रवेश मिभक (मोरङ), डिल्ली माया थोक्लिहाङ योङहाङ (काठमाडौँ), धन कुमार काम्बाङ (काठमाडौँ), विष्णुमाया सिङ्गक (ललितपुर), टेक बहादुर लावती (ललितपुर), राम बहादुर लिम्बु (भक्तपुर) र सीता हुक्पा चोङबाङ (भक्तपुर) रहेका छन्।
लिम्बुवान प्रदेशबाट मधुराज केरुङ (पिएचडी), टङ्क माया लिम्बु, नरेन्द्र राज केरुङ, जितेन साङसेन पन्धाक, सागर केरुङ र मुना लिम्बु चयन भएका छन्।
नेवा ताम्सालिङ प्रदेशबाट भिम प्रसाद सुब्बा र राम कुमार सम्बाहाम्फे चयन भएका छन्।
१२ औँ महाधिवेशनको बन्द सत्रमा लिम्बुवान आन्दोलन, कोशी नाम खारेजी र लिम्बुवान स्थापना सम्बन्धी कार्यदिशा, राज्यको अतिवादी धार्मिक दलाल पूँजीवादी अतिक्रमण विरुद्ध मुक्कुम्लुङ बचाउ आन्दोलन, नेपालमा आदिवासी अधिकार तथा संस्थाऐनको आवश्यकता, याक्थुङ समुदायको मृत्यु संस्कार, परम्परा, विचलन र प्रभाव, साथै याक्थुङ भाषा, शिक्षा र डिजिटलाइजेसनको वर्तमान अवस्थाका विषयमा छलफल गर्दै विभिन्न प्रस्ताव पारित गरिएको नवनिर्वाचित महासचिव अमर तुम्याहाङले जानकारी दिए।
कार्यक्रममा पत्रकारहरूको जिज्ञासामा निवर्तमान अध्यक्ष प्रेम एक्तेन, वर्तमान अध्यक्ष गोबिन्द आङबुहाङ लिम्बु र महासचिव अमर तुम्याहाङले जवाफ दिएका थिए।

Comments
Post a Comment