इटहरीमा सम्पन्न भयो आईआईसी इनोभेक्स ३.०



भदौ ७,ईटहरी
 नेपालकै सबैभन्दा ठूलो विद्यार्थी–नेतृत्वको नवप्रवर्तन र उद्यमशीलता महोत्सव ‘आईआईसी इनोभेक्स ३.०’ तीन दिने यात्रापछि इटहरी इन्टरनेशनल कलेजमा सफलतापूर्वक सम्पन्न भएको छ। साउन ४ देखि ६ गतेसम्म चलेको महोत्सवमा देशभरका १६ कलेजका विद्यार्थीले सहभागिता जनाएका थिए।

‘फाइनान्सियल फीट’, ‘लिगल सिम्पोजियम’, ‘मार्केटिङ माभेन’ र ‘सिइओ क्रोनिकल्स’ जस्ता कार्यक्रममार्फत विद्यार्थीहरूले शैक्षिक ज्ञानलाई व्यवहारिक क्षेत्रमा उतार्ने अवसर पाए। निर्णायक र उद्योग विज्ञलाई प्रभावित पार्ने प्रस्तुति गर्दै विराटनगर इन्टरनेशनल कलेज विजेता, एसीई इन्स्टिच्युट अफ म्यानेजमेन्ट पहिलो रनरअप र हेराल्ड कलेज दोस्रो रनरअप बने।

महोत्सवमा २०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो। उद्योग विज्ञ, शिक्षाविद् र मिडियाको उल्लेखनीय चासोले यसलाई राष्ट्रिय स्तरको महत्त्वपूर्ण कार्यक्रममा परिणत गरेको आयोजकले जनाएका छन्।

समापन समारोहमा आयोजक टोलीले सहभागी कलेज, मार्गदर्शक र साझेदारलाई धन्यवाद दिँदै आगामी वर्ष ‘आईआईसी इनोभेक्स ४.०’ अझ प्रभावकारी ढंगले आयोजना गर्ने घोषणा गरेको छ।


Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन