समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन



१ भदौ,बिर्तामोड

बिर्तामोड-१० बिराटपोखर निबासी समाजसेवी व्यक्तित्व धुर्ब प्रसाद शिवाकोटीको आज बिहान ८:०० बजे हृदयघातका कारण निधन भएको छ। ६९ वर्षीय शिवाकोटी लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका थिए।

शिवाकोटीले बिहान आफ्नै निवासमा नित्यकर्म, पाठपूजा सकेपछि केहीबेरमै पलङ्गमा अचेत अवस्थामा देखिएका थिए। तत्काल बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा चिकित्सकले चेकजाँच गरि मृत घोषणा गरेका हुन्।

छिमेकी टिका माया शिवाकोटीका अनुसार, अस्पताल लैजानु अघि उनी अस्वस्थ भई अचेत अवस्थामा पलङ्गमा भेटिएका थिए।

स्व. शिवाकोटीका एक छोरा, दुई छोरी र श्रीमती क्रमशः अमेरिका र अष्ट्रेलियामा बसोबास गर्दै आएका छन्। परिवारजन बाहिर रहेका कारण हाल उनकाे शव बिएण्डसी अस्पतालमा सुरक्षित राखिएको छ। शिवाकोटी पनि आगामी असोज २ गते अष्ट्रेलिया जाने तयारीमा रहेको बताइएको थियो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन