नेपालका पाँच सय बढीलाई निःशुल्क कृत्रिम हात–खुट्टा वितरण हुने




झापा, भदौ ८ ।

मारवाडी युवा मञ्च बिर्तामोड र मारवाडी युवा मञ्च सिलिगुढीको संयुक्त पहलमा नेपालका पाँच सयभन्दा बढी शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क कृत्रिम हात–खुट्टा वितरण गर्न लागिएको छ।

नेशनल मारवाडी फाउण्डेशनको सहयोगमा हुने यो वितरण कार्यक्रम आगामी सेप्टेम्बर १४ मा सिलिगुढीमा आयोजना हुने भएको हो। बिर्तामोडमा शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजकहरूले उक्त जानकारी दिएका हुन्।

मारवाडी युवा मञ्च बिर्तामोडका पूर्व महासचिव प्रविण अग्रवालका अनुसार विशेष कारणले हात–खुट्टा गुमाएका जो कोही व्यक्तिले यो सेवा निःशुल्क पाउनेछन्। सहभागीहरूलाई भदौ २९ गते बिर्तामोडस्थित अग्रसेन भवनबाट सिलिगुढी पुर्‍याई कृत्रिम हात–खुट्टा लगाइदिएपछि पुनः अग्रसेन भवनमै ल्याइने व्यवस्था गरिएको उनले बताए।

यसका लागि यातायातको सुविधा साथै खान र बस्ने सम्पूर्ण व्यवस्थापन मारवाडी युवा मञ्च सिलिगुढीले गर्ने भएको छ। दुई वर्षअघि पनि नेपालबाट सयभन्दा बढी लाभान्वित भएका थिए भने यस वर्ष कम्तीमा पाँच सयलाई सेवा उपलब्ध गराउने लक्ष्य राखिएको अग्रवालले स्पष्ट पारे।

पत्रकार सम्मेलनमा मञ्च सिलिगुढीका अध्यक्ष प्रणय गोयल, पूर्व अध्यक्ष मनिष बजाज, कार्यकारिणी सदस्य मिन्टु बजाज, मञ्च बिर्तामोडका पूर्व अध्यक्ष टेकेन्द्र अग्रवाल, उपाध्यक्ष विशाल गोयललगायत सहभागी थिए।

कृत्रिम हात–खुट्टा आवश्यक पर्नेहरूले मारवाडी युवा मञ्च बिर्तामोडमा सम्पर्क राख्न सक्नेछन्। यसका लागि पूर्व महासचिव प्रविण अग्रवाल (९८०१४००००५) र यज्ञराज अग्रवाल (९८०४९४९४४९) लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएका छन्।


Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला