बिर्तामोडमा एशियन हाइवेबारे सार्वजनिक सुनुवाइ, सरोकारवालाको चासो


 


भदौ ७,झापा 
 बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले निर्माणाधीन एशियन हाइवेबारे विभिन्न प्रश्न तथा चासो व्यक्त गरेका छन्।

सुनुवाइमा बोल्ने वक्ताहरूले विशेषगरी बिर्तामोड र चारपानेमा बन्न लागेका ‘ओभरपास’, पार्किङ व्यवस्थापन, पानी निकास, सार्वजनिक शौचालय, खानेपानी, विद्युत तार भूमिगत गर्ने, लागू औषध नियन्त्रण लगायतका विषयमा सरोकारवालाको ध्यानाकर्षण गराए।

जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ ले स्थानीयसँग समन्वय नगरी ओभरपास बनाउन लागेको भन्दै चिन्ता व्यक्त गरे। राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले पार्किङ र सिटी–अटो रिक्साका लागि छुट्टै व्यवस्थापन आवश्यक रहेको बताए।

त्यस्तै, स्थानीय राजु ओलीले पानी निकासको उचित व्यवस्था गर्नुपर्ने सुझाव राखे भने व्यवसायीहरूले पार्किङ अनिवार्य गर्ने, सार्वजनिक शौचालय र खानेपानीको प्रवन्ध मिलाउनुपर्ने माग गरे। महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बाले घरेलु मदिराको खुलेआम बिक्रीबारे चिन्ता व्यक्त गर्दै नियमनकारी निकायलाई कडाइ गर्न आग्रह गरिन्।

व्यवसायी, नागरिक समाजका अगुवा, राजनीतिक दलका नेताहरूले समेत लागू औषध नियन्त्रण, भाडा एकरूपता, ट्राफिक व्यवस्थापन, पार्किङ क्षेत्र छुट्याउने विषयमा जोड दिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बू, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, एशियन हाइवे पूर्वी खण्डका प्रमुख सुनिल बाबु पन्त, नेपाल विद्युत प्राधिकरण अनारमनीका प्रमुख सञ्जीवकुमार साहलगायत सरोकारवालाले सहभागीले उठाएका जिज्ञासाको उत्तर दिएका थिए।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघ–संस्था, नागरिक समाज, व्यवसायी र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला