बिराटपोखरीमा उप्रेती परिवारको लगानीमा निर्मित चौतारी समितिलाई हस्तान्तरण

 


३१ श्रावण,झापा
बिर्तामोड–३ स्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बिराटपोखरी परिसरमा स्थानीय समाजसेवी मनप्रसाद उप्रेतीको निजी लगानीमा निर्माण गरिएको पर्यटक–मैत्री चौतारी आज एक विशेष कार्यक्रमबीच श्री बिराटपोखरी सरोबर बहुउद्देश्यीय विकास समितिका अध्यक्ष इन्द्र प्रसाद प्रसाईलाई हस्तान्तरण गरिएको छ।

पच्चिस फिट लम्बाइ र बाह्र फिट चौडाइमा ट्रस संरचनाबाट निर्मित चौतारी करिब दुई लाख पचहत्तर हजार रुपैयाँ लागतमा सम्पन्न भएको हो।

कार्यक्रम चौतारी निर्माण पक्षका अध्यक्ष मनप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि पूर्व सांसद डिल्लीराम सिटौला, विशिष्ट अतिथि वडाध्यक्ष मदन बुढाथोकी, वडा सदस्य हरि बाँस्कोटा, समितिका अध्यक्ष इन्द्र प्रसाई, शिक्षाविद्, साहित्यकार, पूर्व जनप्रतिनिधि, पत्रकार, बैंक तथा सहकारी क्षेत्रका व्यक्तित्वहरू लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि सिटौलाले हालको राजनीतिक प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै, बिराटपोखरीको संरक्षण र विकासका यस्ता योगदान प्रशंसनीय रहेको धारणा राखे। त्यस्तै साहित्यकार देशु बनेम, शिक्षक केशव प्रसाई, पूर्व प्राचार्य देबेन्द्र गौतमलगायतका वक्ताहरुले उप्रेती परिवारको योगदानको प्रशंसा गर्दै पोखरीभित्र थप संरचनागत सुधार र पर्यटनमैत्री व्यवस्थापनको आवश्यकता औंल्याए।

वडाध्यक्ष मदन बुढाथोकीले चौतारी कार्यक्रम र जमघटका लागि उपयोगी हुने बताए भने समितिका अध्यक्ष इन्द्र प्रसाईले यसलाई वातावरणमैत्री संरचना भन्दै सुरक्षाको पूर्ण प्रत्याभूति रहने बताए। चौतारी निर्माता मनप्रसाद उप्रेतीले पितृहरुको सम्झनामा, समाज र पर्यटकको सुविधालाई मध्यनजर राखी निस्वार्थ भावनाले निर्माण गरिएको बताए।

कार्यक्रममा प्रमुख अतिथि सिटौलाले चौतारीमा राखिएका पितृहरुको तस्वीर अनावरण गर्दै उद्घाटन गरे। स्वागत सन्तोष उप्रेतीले गरेका थिए भने सञ्चालन अर्जुन उप्रेती र छोरी लीला अनमोल उप्रेतीले संयुक्त रूपमा गरेका थिए।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला