देवीहाट व्यवसायी उप समिति संयोजकमा सुरेश गुप्ता



झापा,साउन १८

बिर्तामोड उद्योग वाणिज्य संघले देवीहाट व्यवसायी उप समिति गठन गर्दै संयोजकमा सुरेश गुप्तालाई चयन गरेको छ। संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा बसेको भेलाले गुप्ताको नेतृत्वमा नयाँ उप समिति गठन गरेको हो।

गठित उप समितिमा सह–संयोजक उर्मिला शाक्य, सचिव उमा शाह, सह–सचिव कृष्णप्रसाद सुनार र कोषाध्यक्ष शर्मिला अधिकारी रहेका छन्।

त्यस्तै सदस्यहरूमा तारा श्रेष्ठ, सुमन न्यौपाने, विकास चौहान, दिपेश मानन्धर, रोशना लिम्बू, दिपचन्द शाह, वीर सिंह, दुर्गालाल श्रेष्ठ, रेखा शाह, गौरी मानन्धर, रोशन न्यौपाने, सागर गौतम, सरोज गुप्ता र राधिका चम्लगाई चयन भएका छन्।

यसैगरी नरेश शाह, नारायण सुनार, द्वारिका अग्रवाल, सूर्य खतिवडा, अनुप अग्रवाल, नरेश महत्तो र पहलमान लोहरलाई सल्लाहकार समितिमा राखिएको छ।

कार्यक्रममा बाणिज्य सचिव राजकुमार शाहले स्वागत मन्तव्य राखेका थिए भने महासचिव कुशल खतिवडाले सञ्चालन गरेका थिए। सो अवसरमा नवगठित उप समितिलाई १५ थान डस्टबिन हस्तान्तरण गरिएको थियो।

संघले पछिल्लो समय बिर्तामोडका विभिन्न टोलमा व्यवसायीलाई एकीकृत गर्दै उप समितिहरू गठन गर्ने अभियानलाई तीव्रता दिएको छ। अहिलेसम्म देवीहाटसहित आठवटा उप समिति गठन भइसकेका छन्।

 नयाँ गठित समितिको पदावधि अध्यक्ष राजु न्यौपाने नेतृत्वको कार्यसमितिको कार्यकालसँगै रहने छ।


Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला