बिर्तामोड उद्योग वाणिज्य संघमा वंशल र सुवेदीको योगदान
- Get link
- X
- Other Apps
झापा, साउन १५ । अंकिता भेराइटिजका संचालक प्रमोद वंशलले ‘व्यवसायिक सदस्य राहत कोष’का लागि २१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
एक करोड रुपैयाँ बरावरको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक सदस्य राहत कोष’का लागि वंशलले आफ्नो जन्म दिनको अवसर पारेर सहयोग रकम प्रदान गरेका हुन् ।
बिर्तामोड उद्योग वाणिज्यका अध्यक्ष राजु न्यौपानेलाई वंशलले नगद हस्तान्तरण गरेका थिए । बिर्तामोड उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित कार्यक्रमका बीच वंशलले नगद हस्तान्तरण गरेका हुन् ।
संघका अध्यक्ष न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’ , विशिष्ठ सदस्य निर्मल भट्टराई, उपाध्यक्ष विशाल थापा, संघका महासचिव कुशल खतिवडा, कोषाध्यक्ष युवराज निरौला लगायत संघका पदाधिकारी सहभागी थिए ।
संघले स्थापना गरेको कोष वृद्धिमा आर्थिक सहयोग पु¥याउने वंशललाई बिर्तामोड उद्योग वाणिज्य संघले कदरपत्रद्वारा सम्मान गरेको बताइएको छ । त्यसैगरि बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गणेशप्रसाद सुवेदीलाई बिर्तामोड उद्योग वाणिज्य संघले सम्मान गरेको छ ।

संघको कार्यालयमा आज आयोजित कार्यक्रमकाबीच सुवेदीलाई समेत कदरपत्र प्रदान गर्दै सम्मान गरिएको हो । उनलाई संघका अध्यक्ष राजु न्यौपाने, वरिष्ठ उपाधयक्ष राजकुमार घिमिरे ‘राजु’ लगायतले संयुक्र रुपमा कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’का लागि संघका पूर्व उपाध्यक्ष सुवेदीले सबैभन्दा धेरै रकम प्रदान गरेका थिए । उनले आफ्नो जन्म दिनको अवसरमा एक लाख १५ हजार रुपैयाँ कोषका लागि सहयोग पु¥याएका थिए ।
संघले स्थापना गरेको राहत कोषमा रकम वृद्धिका लागि सहयोग पु¥याउने उनलाई सम्मान गरिएको संघका महासचिव कुशल खतिवडाले जानकारी दिए ।
बिर्तामोड ४ निवासी सुवेदी बिर्तामोडका पुराना व्यवसायीका रुपमा परिचित छन् । उनले विगत लामो समयदेखि गणेश किराना स्टोर संचालन गर्दै आएका छन् । उनी विभिन्न सामाजिक तथा धार्मिक संघ संस्थामा समेत आवद्ध छन् ।

Comments
Post a Comment