महिला उद्यमी समूहद्वारा नेतृत्व विकास तालिम सम्पन्न

 



श्रावण-८ झापा, 
बिर्तामोड — बिर्तामोड उद्योग वाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यमी समूहको आयोजनामा सञ्चालन भएको दुई दिने "नेतृत्व विकास सम्बन्धी प्रशिक्षण" सफलतापूर्वक सम्पन्न भएको छ।

संघको सभाहलमा सम्पन्न समापन कार्यक्रम संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्य र समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रमको उद्घाटन संघका पूर्व अध्यक्ष तथा संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीले गरेका थिए।

तालिममा समूहमा आबद्ध ४० जना महिला उद्यमीलाई नेतृत्व विकासका अतिरिक्त माइन्यूट लेखन, उद्घोषण कला तथा व्यवसाय प्रवर्द्धन सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरियो। प्रशिक्षण कार्यक्रम समूहकी सल्लाहकार चित्रकला ओली र महासचिव लीला अनमोलले सहजीकरण गरेका थिए।

समापन समारोहमा उद्योग सचिव सुमी पनेरुले स्वागत र धन्यवाद ज्ञापन गरेकी थिइन् भने वाणिज्य सचिव शीला चुडाल तिम्सिनाले कार्यक्रम सञ्चालन गरेकी थिइन्। कार्यक्रममा समूहकी पूर्व अध्यक्ष तिलोत्तमा खत्री, सहभागी प्रतिनिधिका रूपमा मुना प्रसाई लगायतले शुभकामना मन्तव्य राखेका थिए।

समापन समारोहमा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमले महिला उद्यमीहरूमा नेतृत्व क्षमताको अभिवृद्धि गर्दै व्यवसायिक आत्मविश्वास थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन