बिर्तामोडमा स्वच्छता अभियानलाई बैंकको साथ

 


१८ असार,झापा
सामाजिक उत्तरदायित्वअन्तर्गत सिद्धार्थ बैंक लिमिटेड, बिर्तामोड शाखाले बिर्तामोड उद्योग वाणिज्य संघलाई ४५ थान डस्टविन प्रदान गरेको छ।

बैंकका कोशी प्रदेश प्रमुख सुवास श्रेष्ठले डस्टविन संघका अध्यक्ष राजु न्यौपानेलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्।

संघका अध्यक्ष न्यौपानेले डस्टविनले नगरको स्वच्छता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। बिर्तामोडका विभिन्न स्थानहरूमा ती डस्टविनहरू राखिने जानकारी दिँदै उनले आगामी दिनमा पनि बैंकबाट यस्तै सहयोगको अपेक्षा गरिएको बताए।

कार्यक्रममा बोल्दै बैंकका प्रदेश प्रमुख श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिर्तामोड उद्योग वाणिज्य संघले सञ्चालन गर्दै आएको सरसफाई अभियानमा साथ दिन डस्टविन प्रदान गरिएको बताए।

कार्यक्रमको सहजीकरण महासचिव कुशल खतिवडाले गरेका थिए।

डस्टविन हस्तान्तरणमार्फत वातावरण स्वच्छ राख्न योगदान पु¥याएको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघले सिद्धार्थ बैंकलाई कदरपत्र प्रदान गरेर सम्मानसमेत गरेको थियो।


Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला