डा.महावीर पुनलाई प्याब्सन झापाद्वारा सम्मान,पुस्तक खरिदमार्फत अभियानमा साथ
झापा,साउन १०
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा समाजसेवी डा. महावीर पुनलाई निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) झापाले विशेष सम्मान प्रदान गरेको छ।
प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षता र केन्द्रिय सल्लाहकार गोविन्द लम्सालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा डा. पुनलाई सम्मान गरिएको हो। सो अवसरमा डा. पुनद्वारा लिखित पुस्तक "महावीर पुन: सम्झना, सपना र अविरल यात्रा" को ५० प्रति खरिद गरिएको प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए।
पुस्तक खरिदमार्फत डा. पुनको राष्ट्रव्यापी अभियानलाई साथ दिनु उद्देश्य रहेको सचिव उप्रेतीले बताए।
कार्यक्रममा प्याब्सन कोशी प्रदेश उपाध्यक्ष कोषराज प्याकुरेल, पूर्व केन्द्रीय सदस्यहरू राम सिटौला र मोहन सुब्बा, झापा प्रमुख सल्लाहकार गौरीमान फागो, जिल्ला सल्लाहकार प्रभुकुमार श्रेष्ठलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
Comments
Post a Comment