भद्रपुरमा खोलाले लियो बारह बर्षिय बालकको ज्यान

 


२१ असार,झापा
भद्रपुरमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ। भद्रपुर नगरपालिका–३ स्थित देउनियाँ खोला र मेची खोलाको दोभानमा आज दिउँसो करिब ३ बजे घटना भएको हो।

भद्रपुर–२, महारानी चोकका अर्जुन लिम्बूका १२ वर्षीय छोरा अर्पण लिम्बू साथीहरूसँग पौडी खेल्ने क्रममा पानीमा डुबेर बेपत्ता भएका थिए। जानकारी प्राप्त भएपछि प्रहरी चौकी किचकवधबाट खटिएको टोलीले स्थानीयको सहयोगमा खोजी सुरु गरेको थियो। खोजीका क्रममा उनलाई सोही स्थानमा मृत अवस्थामा फेला पारिएको प्रहरी स्रोतले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला