बिराटपोखरीमा दीर्घकालीन योजनासहित बृक्षारोपण अभियान


२१ असार,झापा

बिर्तामोड–३ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल बिराटपोखरी क्षेत्रको हरियाली प्रवर्धनका लागि फलफूलका बिरुवा रोप्ने अभियान निरन्तर चलिरहेको छ।

श्री बिराटपोखरी बहुउद्देश्यीय विकास समितिका सचिव जगन्नाथ भट्टराईका अनुसार हालसम्म विभिन्न संघ–संस्थाको सहयोगमा बृक्षारोपण कार्य भइरहेको छ भने आगामी दिनमा थप प्रभावकारी र परिणाममुखी ढंगले काम अघि बढाइनेछ।

आगामी फागुन महिनादेखि ठूला रुखका हाँगा व्यवस्थापन, फूलका बगैंचाको सौन्दर्यकरण तथा झारपात नियन्त्रणलाई प्राथमिकतामा राखिने बताइएको छ। त्यसका लागि झार काट्ने विद्युतीय मेसिनसमेत खरिद भइसकेको छ।

पोखरी क्षेत्रको उत्तर र पूर्व भागमा भौतिक संरचना निर्माण नगरिकन हरियाली संरक्षण र बगैंचाको दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकता दिइएको सचिव भट्टराईले जानकारी दिए।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन