झापा बिर्तामोडमा २१७ औँ लुइस ब्रेल जन्मजयन्ती विविध कार्यक्रमसहित सम्पन्न
झापा, १९ पुस
नेत्रहिन संघ झापाको आयोजनामा २१७ औँ लुइस ब्रेल जन्मजयन्ती तथा नवौँ विश्व ब्रेल दिवस विभिन्न कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष होमनाथ राजबंशीको सभापतित्व तथा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ब्रेल लेखन प्रतियोगिता, खेलकुद, सेतो छडी वितरण तथा न्यानो कपडा वितरण कार्यक्रम समावेश गरिएको थियो।
कार्यक्रममा उद्योग वाणिज्य संघका उपाध्यक्ष जीवन खड्का, सल्लाहकार प्रेमप्रकाश सिटौला, पञ्चकन्या महिला समूहकी अध्यक्ष यादवकुमारी तिम्सिना, कियाचु झापा जिल्ला सचिव भीममाया नेम्बाङ, समाजसेवीहरू मिना राई, यसोदा खड्का, कुसुम राईलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि लगायतले शुभकामना सन्देश व्यक्त गर्नुभयो ।
कार्यक्रमको स्वागत मन्तव्य समितिका उपाध्यक्ष उत्तम खतिवडाले व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव दिलकुमार राजबंशीले गर्नुभएको थियो।
ब्रेल लेखन प्रतियोगितामा सुस्मा ढुङ्गेल प्रथम, अस्मिनी काफ्ले द्वितीय र पवित्रा तामाङ तृतीय स्थान हासिल गर्न सफल भए। औपचारिक कार्यक्रमपछि आयोजित खेलकुद तथा म्युजिकल चियर प्रतियोगिताले सहभागीहरूबीच उत्साह थप्दै कार्यक्रमलाई अझ रोचक बनाएको थियो।

Comments
Post a Comment