बिष्णु भगवती अंग्रेजी स्कूलको ९औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न





२९ मंसिर बिर्तामोड
बिर्तामोड–१०, बिराटपोखरस्थित बिष्णु भगवती अंग्रेजी स्कूलको ९औँ वार्षिक उत्सव आज भव्य रूपमा सम्पन्न भयो। संस्थापक प्रिन्सिपल पूण्य प्रसाद उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो।

विद्यार्थीहरूको सांस्कृतिक नृत्य,नाटक तथा फेशन शोले कार्यक्रमलाई रंगीन बनायो। शिक्षकहरूको नृत्य प्रस्तुतिले समेत सबैको मन जित्यो।

उत्सवका अवसरमा नृत्य प्रशिक्षक नरेन तामाङ र प्याबसन अन्तर विद्यालय कराते प्रतियोगितामा प्रथम हुने सोही विद्यालयकी छात्रा समिक्षा उप्रेतीलाई सम्मान गरियो।

कार्यक्रममा प्याबसन बिर्तामोड नगर अध्यक्ष सुरेन्द्र खरेल,उपाध्यक्ष अमृत बस्नेत लगायतले शुभकामना व्यक्त गर्नुभएको हो भने स्वागत बिष्णु दाहाल उप्रेती र संचालन लिला अनमोलले गर्नु भएको हो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन