सोमबारेमा चासोक तङ्नामको रंगारंग उत्सव
१८ मंसिर,झापा
किराँत याक्थुङ चुम्लुङ बिर्तामोड–२ वडा समिति को आयोजनामा किराँत थाक्थुङ चुम्लुङ–२०४६ कार्यक्रम सम्पन्न गरिएको किराँत याक्थुङ चुम्लुङ बिर्तामोड–२ का धर्म लक्सम्बाले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले ब्यानर वाचन गर्दै सांस्कृतिक उत्सवको उद्घाटन गरेका थिए।
कार्यक्रममा च्याब्रुङ नाच,साकेला नाच, धान नाच तथा लिम्बु भाषाका गीत प्रस्तुत गरिएका थिए। साथै लिम्बु समुदायका दिदी–बहिनी तथा दाजु–भाइहरू आफैँको अद्वितीय पोशाकमा सजिएर उपस्थित हुँदा कार्यक्रम स्थल झनै आकर्षक बनेको थियो।
यस वर्ष आयोजकले विशेष रुपमा याक्थुङ पाङबो (लिम्बु समुदायको परम्परागत बस्ती) झल्कने एक मौलिक घर तथा लिङ्गे पिङ निर्माण गरी कार्यक्रम स्थल सोमबारे खेलमैदानलाई संस्कृतिमय बनाएको थियो।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला,बिर्तामोड–६ का वडा अध्यक्ष सुर्य प्रसाद कन्दगवा,बिर्तामोड–१० का वडा अध्यक्ष दुर्योधन गुरुङ, बिर्तामोड–२ का वडा अध्यक्ष किशोर पौडेल,कियाचु राष्ट्रिय सदस्य नरेनहाङ लिम्बु,बिर्तामोड–३ का निर्वतमान अध्यक्ष भोजराज सिटौला, सामाजिक व्यक्तित्व सजेश शिवाकोटी सहितको उपस्थिति रहेको थियो।
कार्यक्रममा कलाकार जुनु प्रसाई,राम लिम्बु र हिमाल लिम्बुले गीत–संगीत मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। साथै सहयोगी दाताहरुलाई सम्मानपत्र,खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
बिर्तामोड -२ कियाचु अजादा कमल लक्सम्बाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कियाचु नगर सचिव सूर्य खजुमले गरेका थिए भने कार्यक्रम सञ्चालन सुमन बेघाले गरेकी थिइन्।

Comments
Post a Comment