जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा उद्घाटन

 


२०  मंसिर,झापा
नेशनल प्राइभेट एण्ड बोर्डिङ्ग स्कूल एसोसिएसन (एन प्याबसन)द्वारा आयोजना गरिएको जिल्ला स्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ आज बिर्तामोड–१० सैनिक बजारस्थित महेन्द्र ज्योति मा.वि.को खेल मैदानमा भव्य रूपमा उद्घाटन भएको छ।

उद्घाटन समारोहमा एमिटि र कानगोई स्कूलका टिमबीचको फुटबल खेलले माहोल झनै उत्साहित बनेको थियो। विभिन्न विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता, प्रतिभा र उत्साहपूर्ण प्रस्तुतीले खेलमैदान रौनकयुक्त बनेको थियो।

उद्घाटन कार्यक्रम एन प्याबसन झापा जिल्ला अध्यक्ष तथा सिर्द्धार्थ शिक्षा सदन बिर्तामोड–१० सैनिक बजारका प्रिन्सिपल धर्मराज माझीको अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथि एन प्याबसन केन्द्रिय वरिष्ठ उपाध्यक्ष बृजेन्द्र मिश्रले पानसमा दियो प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका थिए।

कार्यक्रममा बिशिष्ट तथा विशेष अतिथिको रूपमा बिर्तामोड–१० का वडा अध्यक्ष दुर्योधन गुरुङ्ग, नेशनल प्याबसन कोशी प्रदेश अध्यक्ष कमल खनाल, केन्द्रिय सदस्य नारायण ढकाल, प्र.स. दिपक न्यौपाने, मिडल प्वाइन्टका भाइस प्रिन्सिपल अभिनाथ राजबंशी, कानगोई बोर्डिङ्ग स्कूलका भाइस प्रिन्सिपल सुनिल राजबंशी, सिर्द्धार्थ बोर्डिङ्ग स्कूलका व्यवस्थापक मन्दिर शाही तथा पूर्व राष्ट्रिय फुटबलर प्रबेश कटुवालकार्यक्रमका आर्थिक संयोजक धिरन नारायण गणेश, कार्यक्रम ब्यबस्थापक हरि धिमाल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम संयोजक सुर्वण भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने सिर्द्धार्थ बोर्डिङ्ग स्कूल र मिडल प्वाइन्ट विद्यालयका विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए।

बिर्तामोड–१० का वडा अध्यक्ष दुर्योधन गुरुङ्ग, महेन्द्र ज्योति माविका प्रधानाध्यापक जयकुमार झालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम देशराज नेम्बाङ्गले सञ्चालन गरेका हुन्।

उद्घाटन सत्रपछि प्रमुख अतिथिले रेफ्रीलाई बल हस्तान्तरण गर्दै फुटबल खेलको औपचारिक शुभारम्भ गरेका थिए।

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति