बिर्तामोड -१० मा चासोक तङ्गनाम तथा उधौली पर्व भव्य रूपमा सम्पन्न

 


पौष ५,झापा

किरात याक्थुङ चुम्लुङ बिर्तामोड–१० वडा समितिको आयोजनामा लिम्बु जातिको महत्वपूर्ण पर्व चासोक तङ्गनाम (येले तङ्गवे ५०५८) तथा उधौली पर्व–२०८२ बिर्तामोडमा भव्य रूपमा सम्पन्न भएको छ।

बिर्तामोड नगरपालिका–१० स्थित जर्मनडाँडामा रहेको कियाचु १० नं. वडा शाखाको भवन तथा कार्यालय परिसरमा आयोजित कार्यक्रममा लिम्बु समुदायसहित विभिन्न जातजाति र समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सभापति चामबहादुर जबेगुको अध्यक्षता तथा बिर्तामोड–१० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गुरुङले पानसमा दिप प्रज्वलन गरी गर्नुभएको थियो।

कार्यक्रममा बिर्तामोड–६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, बिर्तामोड–१० का वडा सदस्य धनमाया श्रेष्ठ र पृथ्वी बस्नेत,कियाचु बिर्तामोड नगर अध्यक्ष हिमालयप्रसाद कन्दङ्वा, सचिव भिममाया नेम्बाङ,कियाचु झापा सदस्य धर्म लक्सम्बा,कियाचु बिर्तामोड–१० का सल्लाहकार रिमान ध्वज लोक्ताम, जग्गादाता मोती थेगिम,सुनुवार सेवा समाजका मनु मुखिया तथा विभिन्न टोल विकास संस्थाका अध्यक्षलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सैनिक बजार नौमती समूहद्वारा प्रस्तुत गरिएको पञ्चेबाजा,सन्थाल समुदायको सन्थाल नृत्य,विभिन्न वडाबाट प्रस्तुत केलाङ नृत्य तथा किरात राई यायोक्खाको साकेला नृत्य देख्न सकिन्थ्यो। त्यस्तै गायिका बिपना लिम्बु,राजन पन्धाक,रिपना सम्बाहाम्फे, सन्तोष तुम्रोक,सबिना योङहाङ र जुनु प्रसाईलगायत स्थानीय कलाकारका पालम तथा सांगीतिक प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो।

कार्यक्रममा सहयोग गर्ने ३४ जनाभन्दा बढी व्यक्तिहरूलाई प्रमुख अतिथि,सभापति तथा अतिथिहरूले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरी सम्मान गरिएको दृश्य पनि फोटोमा कैद गरिएको छ।

पर्वको अवसरमा लिङ्गे पिङ,लिम्बु जातिको मौलिक घरको नमुना निर्माण,डोरी तान्ने,छेलो हान्ने,धनुष–बाण खेललगायतका परम्परागत तथा प्रतियोगितात्मक खेलहरू सञ्चालन गरिएको थियो। साथै विभिन्न परिकारसहितका खानपिन स्टलहरू पनि आकर्षणको केन्द्र बनेका थिए।

सभापति चामबहादुर जबेगुले चासोक तङ्गनामको सांस्कृतिक महत्व संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभएको छ। प्रमुख अतिथि वडा अध्यक्ष गुरुङले दर्शकको उल्लेखनीय सहभागिताप्रति खुशी व्यक्त गर्दै सबैलाई चासोक तङ्गनामको शुभकामना दिनुभयो।

कार्यक्रममा कियाचु बिर्तामोड नगर अध्यक्ष हिमालयप्रसाद कन्दङ्वा, सुनुवार सेवा समाजका मनु मुखिया, कियाचु सदस्य धर्म लक्सम्बालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको औचित्यमाथि कियाचु बिर्तामोड–१० का सल्लाहकार रिमान ध्वज लोक्तामले प्रकाश पार्नुभयो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष बेद तेयुङले दिनुभएको थियो।

बिहानी सत्रमा लिम्बु जातिको परम्परागत पूजा सम्पन्न गरिएको थियो। कार्यक्रमको सञ्चालन सचिव सन्तोष बेघा र सुमन बेघाले गर्नुभएको थियो भने खेलकुद कार्यक्रमको सञ्चालन रबिन जबेगुले गर्नुभएको थियो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति