प्याब्सन सल्लाहकारमा घिमिरे,झापामा भव्य स्वागत


झापा,जेठ २८ 
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का केन्द्रीय सल्लाहकारमा नारायणप्रसाद घिमिरे मनोनित भएका छन्। झापाको गौरादह निवासी घिमिरे माउण्ट एभरेष्ट अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल हुन्।

उनी लामो समयदेखि प्याब्सनमा सक्रिय रहँदै आएका छन्। घिमिरेले २०६६ देखि २०७० सम्म दुई कार्यकाल प्याब्सन झापाको अध्यक्षका रूपमा नेतृत्व गरेका थिए। त्यसपछि उनी केन्द्रीय सदस्य हुँदै संघीयता कार्यान्वयनसँगै कोशी प्रदेश अध्यक्षको जिम्मेवारीमा पुगे। उनले दुई कार्यकाल प्याब्सनको केन्द्रीय उपाध्यक्षको भूमिका समेत निर्वाह गरिसकेका छन्।

प्याब्सनको केन्द्रीय सल्लाहकारमा मनोनित भएको अवसरमा झापाको कार्यालयमा आयोजित कार्यक्रममा घिमिरेलाई औपचारिक रूपमा स्वागत तथा सम्मान गरिएको हो। कार्यक्रममा प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले घिमिरेको योगदानको उच्च मूल्याङ्कन गर्दै जानकारी दिएका थिए।

शिक्षा क्षेत्रका अनुभवी अभियन्ता घिमिरे नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय छन्। साथै, उनी राष्ट्रिय सहकारी संघमा पनि दुई कार्यकालसम्म सञ्चालकका रूपमा संलग्न भइसकेका छन्।

उनी हाल केन्द्रीय सल्लाहकारको भूमिकामा रहेर संस्थागत विद्यालयहरूको हितका लागि कार्य गर्ने लक्ष्यसहित अघि बढेका छन्।


Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति