दुर्घटनामा बिर्तामोड–१० का वडा सदस्य पृथ्वी बस्नेत सहित दुई घाईते




२६ जेठ,बिर्तामोड
बिर्तामोड–१० का वडा सदस्य पृथ्वी बहादुर बस्नेत सडक दुर्घटनामा परेर घाईते भएका छन्। उनीसँगै मोटरसाइकलमा सवार कमला बस्नेत पनि घाईते भएकी छन्।

दुर्घटना आज दिउँसो ३ बजेर ९ मिनेट जाँदा बिर्तामोड–१० को मनकामना चोकमा भएको हो। बस्नेत दुवै जना बिर्तामोड नगरपालिकाबाट घर नक्सा पासको काम सकेर घर फर्कने क्रममा प्र. १-०१-०१२ प ४७८० नम्बरको होण्डा साईन मोटरसाइकलमा सवार थिए। उत्तरतर्फबाट आउँदै गरेको सो मोटरसाइकल कोलाटोलीतर्फबाट आएको को १ प ८६४४ नम्बरको एम्बुलेन्ससँग ठोक्किँदा दुर्घटना भएको वडा सदस्य बस्नेतले जानकारी दिएका छन्।

दुर्घटनामा वडा सदस्य बस्नेतको खुट्टा र कोखामा चोट लागेको छ भने कमला बस्नेतको छाती र टाउकोमा चोट लागेको जनाइएको छ। हाल दुवै जनाको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ।


Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन