बिशे नगर्ची राष्ट्रिय सम्मान’ जेठ ३१ मा बिर्तामोडमा





२८ जेठ,बिर्तामोड

 बिशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रम आगामी जेठ ३१ गते बिर्तामोड सिटी सेन्टरमा भव्य रूपमा आयोजना हुने भएको छ। गोर्खा फाउण्डेसन नेपालले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो।

यस वर्षको विशेष सम्मान वरिष्ठ संगीतकार रन्जित गजमेर र शिक्षासेवी जयनारायण ढुङ्गानालाई प्रदान गरिनेछ। कार्यक्रमका सम्पूर्ण तयारी पूरा भइसकेको र अघिल्लो वर्षदेखि सुरु भएको यो सम्मानलाई यसपटक पनि निरन्तरता दिइएको छ।

यो वर्षदेखि नगद राशीको व्यवस्था हटाइएको फाउण्डेसनका अध्यक्ष बिरु दर्नालले जानकारी दिए। अघिल्लो वर्ष भने कदरपत्रसँगै नगद पनि प्रदान गरिएको थियो।

कार्यक्रममा दार्जिलिङबाट मारुनी नाच र मादल टोली, साथै स्थानिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ। साथै झापाको विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका पाँचजना व्यक्तित्वलाई पनि सम्मान गरिनेछ:

हस्त परियार – संगीतकार, साहित्यकार, शिक्षक

श्याम दनुवार – झापाका प्रथम फिफा रेफ्री

पर्वत र्पोतेल – पत्रकार

सुवास मेचे – चलचित्रकर्मी

निरु परियार – पहिलो महिला अटो मेकानिक

कार्यक्रम प्रसिद्ध उद्घोषक केशव भट्टराईको संचालनमा हुनेछ भने फोटो/भिडियो बिनोद पाण्डेद्वारा खिचिनेछ। २५ वटा स्थानीय संघसंस्थाको सहकार्यमा कार्यक्रम सम्पन्न हुने जनाइएको छः।

अध्यक्ष दर्नालले गोरखा राज्यका ऐतिहासिक सहयोगी नायक बिशे नगर्चीप्रति पनि सम्मान अर्पण गर्न जनसमुदायलाई उपस्थितिका लागि अपिल गरेका छन्।

प्रमुख सल्लाहकार नगेन शंकरले अध्यक्ष दर्नालको सक्रियता र योगदानप्रति धन्यवाद प्रकट गरेका थिए।

पत्रकार भेटघाट कार्यक्रममा संयोजक रोशन नेपालीले स्वागत गरिएकोमा महासचिव सुवास त्रिखत्री, सदस्य राजकुमार शिवा लगायतको उपस्थिति रहेको थियो।


Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते