बिर्तामोड–२ चैतुबाढीमा अज्ञात पुरुष मृत फेला,गर्मीका कारण मृत्युको आशंका

 


जेठ २५,बिर्तामोड
झापा जिल्लाको बिर्तामोड नगरपालिका–२ स्थित चैतुबाढीमा एक अज्ञात पुरुषको शव फेला परेको छ। मधेसी मूलको जस्तो देखिने करिब ४० वर्ष आसपासका ती पुरुषको अत्यधिक गर्मीका कारण मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।

श्रीराम प्लाई उद्योग नजिकै चप्पलको सिरानी बनाएर सुतिरहेको अवस्थामा फेला परेका ती व्यक्ति घटनास्थलमै मृत फेला परेका हुन् । बिर्तामोड-२ का वडाअध्यक्ष किशोर पौडेलका अनुसार पछिल्लो समय बढ्दो गर्मीका कारण मृत्यु भएको हुन सक्ने सम्भावना छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति