दमकमा आयोजना नम्बर १६० मञ्चन,सरकारी प्रणालीमाथि व्यंग्य



१३ असार,झापा

दमक स्थित नियमित नाटक मञ्चन गर्ने संस्थाका रूपमा परिचित कदम थिएटरले यसपटक नयाँ नाटक ‘आयोजना नम्बर १६०’ मञ्चन गरिरहेको छ। असार ५ गतेदेखि शुरु भएको नाटक असार १५ गतेसम्म प्रत्येक साँझ ५:१५ बजे देखाइँदै आएको हो।

कदम थिएटरका कला निर्देशक सिजन दाहालका अनुसार यो नाटक भारतीय नाटककार अजय शुक्लाको चर्चित हिन्दी नाटक ‘ताजमहलका टेन्डर’लाई नवीन भण्डारीले नेपालीमा रूपान्तरण गरी मञ्चन गरिएको बताईएको छ।

नाटकमा सरकारी सुशासनप्रतिको प्रश्न उठाइएको छ। सरकारले योजनाहरू कसरी हचुवाका भरमा ल्याउँछ र त्यसलाई कसरी अलपत्र पार्छ भन्ने कथावस्तुमा आधारित यस नाटकले कर्मचारी तन्त्रको लोभ, बेइमानी र प्रणालीगत विसंगतिलाई हास्यरसमा उजागर गर्छ।

‘आयोजना नम्बर १६०’ मा एक सत्तासञ्चालक र स्थानीय सरकारको प्रतिनिधित्व गर्ने कर्मचारी तन्त्रमाथि गहिरो प्रश्न उठाइएको छ। कमेडी शैलीमा तयार गरिएको नाटकमा बुङ छेङ, नवीन भण्डारी, नवीन उर्जा, रश्मी उप्रेती, पारुमा राई, पुकारजंग क्षेत्री, रोशन मुर्मु, सुदीप क्षेत्री, सञ्जय मुडियारी र पुजन खरेलले अभिनय गरेका छन्। निर्देशन पनि यिनै १० कलाकारले सामूहिक रूपमा गरेका हुन्। लाइट डिजाइनमा आयुष भण्डारीले साथ दिएका छन्।

कदम थिएटरको यो प्रस्तुति हास्यरस मार्फत गम्भीर राजनीतिक र सामाजिक विषय उठान गर्ने प्रयासको रूपमा हेरिएको छ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला