जीवन जोगाउने प्रयासमा ज्यान गुम्यो:करेन्ट लागेर कृषकको निधन



झापा, जेठ २८ 

हात्तीबाट आफ्नो परिवार र खेती जोगाउने प्रयासमा लागेका कचनकवलका एक कृषकको आफ्नै बनाएको सुरक्षात्मक तारबारमा करेन्ट लागेर ज्यान गएको छ।

६५ वर्षीय किर्खनाथ खनाल बिहान बाख्रा चराउन आफ्नै बारीमा गएका थिए। बारी छेउमै रहेको करेन्ट प्रवाह गरिएको तारबार छुन पुग्दा उनी त्यहीँ ढले—जीवनको अन्तिम सास त्यही माटोमा फेरिदिए।

प्रकृतिसँगको संघर्षमा कृषकहरू कहिलेकाहीँ यति दूर पुग्छन्, जहाँ सुरक्षाका उपाय नै घातक बन्न पुग्छन्।

स्थानीय बासिन्दाहरू भन्छन् – “हात्तीको डरले उहाँले बारीमा करेन्ट लगाउनुभएको थियो। तर कसले सोच्थ्यो त्यो उपाय नै ज्यानको कारण बन्छ।”

जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक विजय चौहानको नेतृत्वमा टोली अनुसन्धानका लागि घटनास्थल पुगेको छ।

स्मरण रहोस्, केही दिनअघि मात्रै जेठ २३ गते कनकाई–२, जामुनखाडीमा यस्तै तारबारबाट करेन्ट लाग्दा आठ जना घाइते भएका थिए।

वन्यजन्तुबाट जोगिन बनाइएका संरचनाहरू स्थानीयका लागि घातक सावित हुँदै गएका छन्।

अब प्रश्न उठ्न थालेको छ –

के हाम्रो सुरक्षाका उपायहरू साँच्चै सुरक्षित छन्?

र, कहिले हुनेछ राज्यले वन्यजन्तु–मानव द्वन्द्वका स्थायी समाधानहरूमा गम्भीर पहल?


Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति