नेत्रहीन संघ झापाद्वारा हेलेन केलरको जन्मजयन्तिमा सीपमूलक कार्यक्रम सम्पन्न

 


१२ असार,झापा
 हेलेन केलरको १४५औं जन्मजयन्ति र नेत्रहिन संघ झापाको २८औं स्थापना दिवसको अवसरमा संघले बिर्तामोड–३ स्थित आफ्नै सभा हलमा कम्प्युटर तालिम समापन समारोह तथा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ। कार्यक्रम दृष्टिविहीन समुदायमा सीप विकास र आत्मविश्वास अभिवृद्धिको उद्देश्यले आयोजना गरिएको हो।

कार्यक्रममा संघका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षता तथा बिर्तामोड–३ का वडा अध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यता थियो। कार्यक्रममा वडा सदस्य हरि बाँस्कोटा, संघका सल्लाहकार प्रेम प्रकाश सिटौला, अनारमनी पब्लिक क्याम्पसका प्रमुख मोहन शिवाकोटी, संयोजक सल्लाहकार दोर्णर्चाय निरौला, एचआरडीसी झापा प्रतिनिधि जनक भट्टराई,संघका संस्थापक अध्यक्ष खेम रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

तीन महिनाको कम्प्युटर तालिममा सहभागी दिपक तामाङ, पवित्रा तामाङ, शम्भु राजबंशी, गोबिन्द न्यौपाने र पवन पौडेललाई प्रमुख अतिथि बुढाथोकी, प्रशिक्षक मूना भट्टराई लगायतले प्रमाणपत्र प्रदान गरे।

मुख्य अतिथि बुढाथोकीले संघलाई वडास्तर तथा नगरपालिका तर्फबाट निरन्तर सहयोग गरिएको बताउँदै आगामी दिनमा पनि साथ रहने प्रतिबद्धता जनाए। यस्तै, अनारमनी पब्लिक क्याम्पसका प्रमुख शिवाकोटीले संघको अक्षय कोषमा रु पच्चिस हजार पाँच प्रदान गर्ने र नेत्रहिन सदस्यहरुले तयार गरेका पचास वटा कुचो खरिद गरिदिने घोषणा गरे।

कार्यक्रममा अध्यक्ष राजबंशीले बिर्तामोड नगरपालिकाले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै, अन्य पालिकाबाट पनि सहयोग प्राप्त भए दृष्टिविहीन समुदायको विकासमा ठूलो योगदान पुग्ने धारणा राखे।

हाजिरीजवाफ प्रतियोगितामा बिर्तामोड, हल्दीबारी, कमल, कचनकवल, भद्रपुर र गौरादहका प्रतिनिधिहरूले भाग लिएका थिए। प्रतियोगितामा बिर्तामोड प्रथम भई नगद रु. पाँचहजार, हल्दीबारी द्धितीय भइ रु. तीन हजार, र कमल तृतीय भइ रु. दुई हजार पुरस्कार प्राप्त गरे। प्रतियोगिता पवन गिरिले सञ्चालन गरेका थिए भने पुरस्कार अध्यक्ष राजबंशी लगायतले बितरण गरे।

कार्यक्रममा उपाध्यक्ष उत्तम खतिवडाले स्वागत मन्तव्य, संस्थापक अध्यक्ष खेम रेग्मीले हेलेन केलरको जीवनीमाथि प्रकाश र पवित्रा तामाङले स्वागत नृत्य प्रस्तुत गरेका थिए। सम्पूर्ण कार्यक्रमको सञ्चालन सचिव दिल कुमार राजबंशीले गरे।


Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला