बिर्तामोडको शनिश्चरे रोडमा एकतीस सदस्यीय उपसमिति गठन
झापा, जेठ २८
संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा गौरीशंकर गुप्ता ‘टिङ्कु’को संयोजकत्वमा ३१ सदस्यीय उपसमिति गठन गरिएको हो । उपसमितिको सहसंयोजक प्रमोद राजवंशी, सचिव केशव मैनाली र कोषाध्यक्ष सिजर राजभण्डारी रहेका छन् ।
समितिका अन्य सदस्यहरूमा संजय अग्रवाल, तोयानाथ खतिवडा, रेगन शाक्य, तुलशा श्रेष्ठ, निलु राजभण्डारी, दिपक गुरागाँई, दिपेश उदाश, यदु तिम्सिना, जीवन रिजाल, दिपक अग्रवाल (रघुनन्दन), अनुराग गोश्वामी, सिर्जना अग्रवाल, अंकित केडिया, मोहित अग्रवाल, अप्सरा खड्का, टोनी जिन्दल, प्रविन शाक्य, मनोज अग्रवाल, प्रेम श्रेष्ठ, आकाश गोयल, त्रिलोकचन्द सिंची, सपना मगर, सुमित बेगानी र रविना कर्ण रहेका छन् । बाँकी सदस्यलाई पछि मनोनयन गरिने जनाइएको छ ।
यस उपसमितिलाई सहयोग पुर्याउन वेदप्रकाश अग्रवाल, सत्यनारायण चौधरी, कृष्ण उदाश, ओम प्रकाश अग्रवाल, विजय ठाकुर, उत्तम शिवाकोटी, नरेश वंशल, सुरेश विन्दल र जगत शंकरलाई सल्लाहकार समितिमा चयन गरिएको छ ।
कार्यक्रमको संचालन महासचिव कुशल खतिवडाले गरेका थिए भने स्वागत मन्तव्य संघका सदस्य दिनेश श्रेष्ठले राखेका थिए ।
उपसमिति गठनसँगै संघले सरसफाइमा टेवा पुगोस् भन्ने उद्देश्यले समितिलाई १० थान डस्टबिन पनि प्रदान गरेको छ । अध्यक्ष न्यौपानेले संयोजक ‘टिङ्कु’लाई डस्टबिन हस्तान्तरण गरेका थिए ।
Comments
Post a Comment