नेत्रहीन युवा संघ झापाको अध्यक्षमा रोशन थापा सर्बसम्मत चयन




३१ जेठ,झापा
नेत्रहीन युवा संघ नेपाल झापा शाखाको अध्यक्षमा रोशन थापा सर्वसम्मत चयन भएका छन्। चौथो अधिवेशनबाट आगामी तीन वर्षका लागि नौ सदस्यीय कार्यसमिति चयन गरिएको हो।

समितिमा उपाध्यक्ष होमेन्द्र नंगेल, सचिव मूना भट्टराई, कोषाध्यक्ष मिना गिरि, सह–सचिव निर्मला कार्की तथा सदस्यहरू पवित्रा तामाङ, गोविन्द न्यौपाने, शम्भू राजबंशी र दीपक तामाङ चयन भएका छन्। निर्वाचन समितिका संयोजक कलाधर भण्डारीका अनुसार ओम प्रकाश र सलिना भट्टराईसहितको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो।

यस अघि अधिवेशनको उद्घाटन संघका अध्यक्ष दिल कुमार राजबंशीको अध्यक्षता र बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

कार्यक्रममा संघका कार्यालय सहयोगी बिमल भट्टराईले तीन वर्षे प्रगति विवरण प्रस्तुत गर्दै, बीस जना अपाङ्गता भएका युवालाई शेयर बजार र ई-बैंकिङ तालिम, अडियो पुस्तक उत्पादनसम्बन्धी दश दिने शिप विकास तालिम, पाँच जनालाई तीन महिनाको कम्प्युटर तालिम, रोजगार प्रवर्द्धन अन्तरसंवाद, चुनावी पहुँच सुनिश्चित गर्न अवलोकन कार्यक्रम लगायत विभिन्न प्रभावकारी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

 अध्यक्ष राजबंशीले आफ्नो कार्यकाल सफल बनाउन साथ दिने सबैप्रति आभार प्रकट गर्दै, नयाँ नेतृत्वलाई अझ सक्षम र समर्पित रूपमा अघि बढ्न प्रेरणा दिने बताए। प्रमुख अतिथि संग्रौलाले करुणा फाउन्डेसनसँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा नगरपालिकाले ग्यारेन्टीसहित सहयोग गर्दै आएको उल्लेख गर्दै भविष्यमा नगरको पहलर बिभिन्न संघ संस्थाको पहलमा अझ प्रभावकारी कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाए।

कार्यक्रममा संघका सल्लाहकार दोर्ण निरौला, झापा नेत्रहीन संघ अध्यक्ष होमनाथ राजबंशी, हल्दीबारी जेसिस अध्यक्ष युगिता दवाडी,करुणा फाउन्डेसनका जिल्ला संयोजक निश्चल घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको स्वागत उपाध्यक्ष रोशन थापा र सञ्चालन सह–सचिव राज घिमिरेले गरेका थिए।

संघ झापाका नेत्रहीन युवाहरूको हक हितमा क्रियाशील सामाजिक संस्था हो र हाल ३७ जना सदस्य रहेको जनाइएको छ।


Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते