प्याब्सन झापाद्वारा भवन स्तरोन्नति,विविध उपसमिति गठन गरी कार्य प्रारम्भ




झापा,जेठ २८
 निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आफ्नो संस्थागत संरचना सुदृढ पार्दै बिर्तामोड नगरपालिका–१, गैरीगाउँस्थित एक तले भवनलाई स्तरोन्नति गर्ने निर्णय गरेको छ। आधुनिक सुविधा सम्पन्न बहुमंजिला भवन निर्माणको तयारी स्वरूप विभिन्न उपसमितिहरू गठन गर्दै काम प्रारम्भ गरिएको छ।


भवन निर्माणको नेतृत्व प्याब्सन झापाका प्रमुख सल्लाहकार तथा कोशी प्रदेशका सचिव गौरीमान फागोले गर्ने छन्। उहाँको संयोजकत्वमा ११ सदस्यीय भवन निर्माण उपसमिति गठन गरिएको छ। सदस्यहरूमा एलपी उप्रेती, छत्रवहादुर कार्की र सचिवालयका अन्य सदस्यहरू – हरिकृष्ण पाठक, टीआर गौतम, इश्वरा श्रेष्ठ, लक्ष्मीप्रसाद उप्रेती, अमृत कुमार तिम्सिना, जीवन शिवाकोटी, विनोद सुब्बा र नारायण सुवेदी छन्। समितिले चाँडै निर्माण कार्य आरम्भ गर्ने जनाएको छ।


यसैबीच, प्याब्सन झापाको हालै सम्पन्न बैठकले विभिन्न क्षेत्रीय कार्यको लागि थुप्रै उपसमिति गठन गरेको छ।


प्राज्ञिक, साँस्कृतिक, खेलकुद, तालिम तथा लेखा सम्बन्धी उपसमिति गठन


प्राज्ञिक सल्लाहकार समिति: मोहन सुब्बा, गुरुभक्त न्यौपाने, राम सिटौला, अमृतबहादुर बुढाथोकी, अखिल कोइराला, जर्नादन ढकाल र हरि अधिकारीको सदस्यतामा गठन।


साँस्कृतिक कार्यक्रम उपसमिति: संयोजक – हरिकृष्ण पाठक। सदस्यहरूमा याम दंगाल, वदीराम राई, अनुप रोय, जर्नादन मैनाली, मिलन श्रेष्ठ र समिक्षा गौतम छन्।


ईसीए उपसमिति: संयोजक – लक्ष्मीप्रसाद उप्रेती। सदस्य – टेकनाथ तिम्सिना र धनप्रसाद राजवंशी।


खेलकुद उपसमिति: संयोजक – अमृतकुमार तिम्सिना। सदस्यहरूमा बिक्रम क्षेत्री, विनोद उप्रेती, दिपक संग्रौला, गणेश श्रेष्ठ, विनोद बुढाथोकी, सिताराम बराल, लीलामणि राई र कल्पना थापा।


तालिम उपसमिति: संयोजक – जीवन शिवाकोटी। सदस्यहरूमा भवानीप्रसाद पाठक, सुरेन्द्र खरेल, उत्तम खनाल, डम्बरु रुचाल।


लेखा उपसमिति: संयोजक – भीम विजय वास्तोला। सदस्य – गोकुल उप्रेती र प्रमिला बजगाई।


विवाद समाधान उपसमिति: संयोजक – विनोद सुब्बा। सदस्यहरू – तीलक पाख्रिन, रामप्रसाद सुहाङ, रुद्र सिटौला, भोजबहादुर कार्की, विष्णु सापकोटा र मोहन थापा।



पहिले गठन भएका उपसमितिहरू


यसअघि प्याब्सन झापाका अध्यक्ष छत्रवहादुर कार्कीको अध्यक्षतामा नौ सदस्यीय सचिवालय गठन भइसकेको छ। साथै, वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकको संयोजकत्वमा परीक्षा उपसमिति तथा सचिव लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा पाँच सदस्यीय सूचना तथा सञ्चार उपसमिति गठन गरिएको थियो।


सामाजिक र शैक्षिक अभियान सक्रिय


प्याब्सन झापाले हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको सहकार्यमा पालिका स्तरीय ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ। साथै, “संस्थागत विद्यालय सामाजिक उत्तरदायित्वमा”, “विपद्मा प्याब्सन” जस्ता नारासहित अति विपन्न वर्गका विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै सामाजिक कार्यमा समेत संलग्न हुँदै आएको छ।


अध्यक्ष छत्रवहादुर कार्कीका अनुसार प्याब्सन झापाले निजी विद्यालयको संरक्षण, शिक्षक तथा कर्मचारीको पेशागत हित र विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सिर्जनात्मक कार्यहरूमा निरन्तरता दिनेछ।


Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते