चासोक तङ्गनाममा गायिका गंगा फियाक बिर्तामोडमा आउने

 


२९ मंसिर बिर्तामोड । पौष १० गते किरात याक्थुङ्ग चुम्लुङ्ग नगर शाखा बिर्तामोडको निमन्त्रणामा राष्ट्रिय कलाकार गायिका गंगा फियाक बिर्तामोडमा आउने भएकी छिन्। कियाचू बिर्तामोडले जानकारी गराए अनुसार चासोक तङ्गनामको अवसर पारेर बिर्तामोडमा गर्न लागिएको कार्यक्रमको लागि बिशेषतः लिम्बू भाषामा दख्खल गायिका फियाकलाई गीत,संगीत प्रश्तुत गर्न निमन्त्रणा गरिएको हो। प्रत्येक बर्ष मनाईने चासोक तङ्गनाम (उधौली) यस वर्ष पनि भब्य रुपमा बिर्तामोडको आर्दश ब्याङ्केटमा बिबिध कार्यक्रम गरि पौष १० गते मनाउन लागिएको पत्रकार भेटघाटमा कियाचू नगर बिर्तामोड अध्यक्ष हिमालय प्रसाद कन्दङ्गवाले जानकारी दिनुभयो । उक्त कार्यक्रममा बिभिन्न जातीय संघ संस्था र प्रतिनिधीको समेत उपस्थिती रहने जनाईएको छ ।

करिव डेढ देखि दुईलाख रुपिया खर्च हुने कार्यक्रमको श्रोत बलिहाङ्ग तङ्गनाम (देउसी भैलो) कार्यक्रमबाट संकलित रकम र स्थानिय दाताहरुबाट संकलित रकम जनाईएको छ भने उक्त कार्यकममा नगरका केही जेष्ठय कियाचु सदस्यहरुलाई सम्मान पत्रले सम्मान समेत जनाईने कार्यक्रम रहेको हो। कार्यक्रममा राष्ट्रिय कलाकार गंगा फियाकको गायन साथसाथै स्थानिय कलाकारहरुको केलाङ्ग नाँच,पालम गायन,धान नाँचको प्रश्तुती रहने जानकारी गराईएको छ भने आगामी २७/२८ र २९ गते भारतको सिक्किममा हुने अन्तराष्ट्रिय केलाङ्ग प्रतियोगितामा नगरको तर्फबाट पन्ध्र जनाको केलाङ्ग टोली पठाइने समेत जानकारी गराईएको हो।

प्रत्येक बर्ष पाकेको अन्न बाली बन देवतालाई चढाए पछि मात्र खाने प्रचलनले चासोक तङ्गनाम मनाउन शुरु भएकोमा यही परम्परालाई निरन्तरता दिदै उक्त दिन पौष १० गते बिहान बिधि पूर्बक पूजाआजा समेत गरिने आयोजक कियाचु सह सचिव सन्तोष बेघाले बताए। पत्रकार भेटघाटमा कियाचु बिर्तामोड अध्यक्ष हिमालय प्रसाद कन्दङ्गवा,उपाध्यक्ष मनु जबेगु,कोषाध्यक्ष साबित्रा इङ्गनाम,सहसचिव सन्तोष बेघा,सदस्य महेन्द्र आङ्गला लिम्बु, लगायत अतिथि मिना लिम्बू लगायतको उपस्थिती रहेको हो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन