झापाका किसान बर्षे भिण्डी बाट आम्दानी लिने तरखरमा

दुर्गा सेढाईको मल्चिङ्ग प्रविधि वर्षे भिन्डी र खेती

 १२ जेठ,झापा

 सुरेश आले "सर्जु" 

विर्तामोड बद्रिबारी ९ की दुर्गा सेढाईले यस बर्ष बर्षे भिण्डी बाट उत्पादन र आय आर्जन गर्न ३ कठ्ठा जमिन छुट्टाईन् । उनले अघिल्लो बर्ष पनि यसरी नै बर्षे भिन्डी खेती गरेकी थिइन्। बर्षै पिच्छे नियमित यसरी बर्षे भिण्डी उत्पादन गरि बिक्रि गरेर उनले राम्रो आय आर्जन  गरेकि थिइन् । यसबाट उनको राम्रो आम्दानी साथै बर्षामा तरकारीको समेत आपूर्ती राम्रो हुदै आएको छ। भिण्डी बारीमा घाँस झार उम्रिएर दुःख दिन्छ भनेर प्लास्टिक ओच्छ्याएर बिरुवा लगाईएको हो। यसलाई मल्चिङ्ग  प्रबिघि भनिन्छ । नेपालमा हाल यसरी मल्चिङ्ग प्रबिघिबाट खेती गर्ने प्रबिधि दिनानुदिन बढिरहेको पाईन्छ। कृषिमा मल्चिङ्ग प्रबिधिको सामान्य ज्ञान र तालिम उनका श्रीमान बृहस्पति सेढाईले  बिर्तामोड नगरपालिका कृषि शाखा बाट तालिम पछि ज्ञान हासिल गरेको दुर्गा सेढाईले बताईन् । बजारमा भाउ ४०० मीटर मल्चिङ्ग प्लास्टिक रोलको मूल्य ४००० माथि पर्ने गर्छ ।

मलचिङ्ग गरि बर्षे भिण्डी उमारिएको

बर्षे भिण्डीलाई सामान्यता माटोमा राम्रो संग मलखाद्   मिसाई ड्याङ्ग बनाएर पानीको राम्रो निकाश हुने गरि केही उँचो जमिनमा प्लाष्टिक ओच्छ्याएर गिलासको मद्धतले बिउ रोप्ने ठाउँमा प्वाल बनाई लाईनको दुरी ६० से.मी. र बोटको दुरी ४५ से.मी. फरक गरि एक ठाउँमा ३ वटाको दरले मनतातो पानीमा २४ घन्टा भिजाएको बिउलाई लगाईन्छ। यसलाई सामान्यता जेठ पहिलो सातादेखि लगाउन शुरु गरे राम्रो हुन्छ। भिण्डी लाई सामान्यता २ पटक सम्म युरिया टपड्रेस गर्न सकिन्छ । जात अनुसार भिण्डी ४५ दिन देखि ६० दिन भित्रमा फूल्न शुरु गर्छ। यसको खेती गर्न बलौटे दोमट माटो,माटोको पि. एच ६-८ भएको माटो उपयुक्त मानिन्छ। यो बाली २५ -३५ डिग्री सेल्सियस तापक्रममा राम्ररी फस्टाउछ ।

बिर्तामोड १० कालीमुनीका प्रकाश बरालले चाहेर पनि बर्षे भिण्डी खेती गर्न नसकेको बताए । उनी आउने बर्षमा यो बर्षे भिण्डी खेतीबाट आम्दानी गर्न इच्छुक रहेको र फाईदा लिने तरखरमा रहेको सुनॉउछन् । धेरैले यो खेती बाट गाँउ घरमा आम्दानी गरेको गर्न थालेको र गरिरहेकोले आफू पनि भबिष्यमा यो खेती गर्न ईच्छुक रहेको उनले बताए ।

यसलाई गाँउ घरको बोलीचाली भाषामा भिण्डीलाई रामतोरिया पनि भनिन्छ । राम्रो संग भिण्डी खेती गरे प्रति रोपनी ८००-१००० किलो सम्म उत्पादन गर्न सकिन्छ। अषाढ श्रावणमा यसको मूल्य प्रति के.जी. १०० रुपैया भन्दा माथि नै हुन्छ। यसको खेतीबाट आम्दानी लिनेको संख्या पनि झापामा बढ्दैछ ।


Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते