बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

 


९ बैशाख,बिर्तामोड
बिर्तामोड-१० तेलगानी टोलमा गए राती खुकुरी प्रहारद्वारा दुईजना घाईते भएका छन्। घाईते हुनेहरुमा पत्थरभिट्टा टोल निबासी रोशन सुबेदी र अनबेश पौडेल रहेका छन्। उनीहरुलाई तेलगानी टोलका बाबुराम न्यौपानेले खुकुरी प्रहार गरेको जनाईएको हो।

गएराती करिब साँझ नौ बजे तिर उनीहरु बिच सामान्य बिबाद भएको र सोही बिबादको क्रममा न्यौपानेले खुकुरी प्रहार गरेको जनाईएको हो। खुकुरी प्रहार गर्ने न्यौपाने तत्पश्चात इलाका प्रहरी चौकी अनारमनी माआफै उपस्थित भएर आत्मा समर्पण गरेको सैनिक बजार प्रहरीचौकीका इन्चार्ज प्रसनि नरोत्तम थापाले जानकारी गराए।

घाईते मध्ये दुबैजनाको हातमा चोट लागेको र रोशन सुबेदीको भने बढीनै चोट लागेकोले बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचार हुन नसकी घोपा धरान रिफर गरिएको छिमेकी सन्तोष बेघाले बताए । अर्का घाईतेको अवस्था भने सामान्य रहेको जनाईएको छ भने हाल खुकुरी प्रहार गर्ने न्यौपानेलाई इप्रका अनारमनीले अनुसन्धन गरिरहेको हो।



Comments

Popular posts from this blog

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला