बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

 

अनिष न्यौपाने फाईल तस्बिर

१४ असोज,बिर्तामोड

झापाको बिर्तामोड– १० ठुटेबरमा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । गएराति अन्दाजी ८ः३० बजे बिर्तामोड– १० ठुटेबरमा बिर्ताबजारबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र१–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई जोगाउने क्रममा आफै अनियन्त्रित भई पल्टिएको हो । सो क्रममा दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड– १० शिवालय चोक बस्ने २७ वर्षीय अनिष न्यौपाने गंभीर घाइते भएका थिए । टाउको र दुबै खुट्टमा चोट लागेका  अबस्थाका न्यौपानेलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा उपचारका क्रममा आज दिउँसो २ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकलमा पछाडी सवार बिर्तामोड-१० सोही ठाउँका  अन्दाजी बर्ष ३८ का टिकाराम राय घाइते भएका छन् । सामान्य अबस्थाका उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल अस्थायी प्रहरी चौकी सैनिकबजारको नियन्त्रणमा रहेको छ ।


Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते