बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते


१४ मंसिर,बिर्तामोड

 बिर्तामोड-९ बिराटपोखरबाट कोलाटोली जाने भत्किएको कल्र्भर्टमा आज बिहान सात तीस बजे मोटरसाईकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्। घाईते हुनेमा बिर्तामोड-१० पत्थरभिट्टा बस्ने महेन्द्र रत्न मा बि का शिक्षक इच्छाराम निरौला रहेको स्थानिय सुनिता निरौला बास्कोटाले जानकारी गराईन् । निरौला बिर्तामोड-९ कोलाटोलीमा रहेका साथी पुष्प पौडयाललाई भेटेर सो सडक खण्ड भै विद्यालयतर्फ जाने क्रममा दुर्घटनामा परेको जनाईएको हो।
सो सडक खण्डमा बर्षाले भत्किएको कल्भर्ट छ । दक्षिणबाट आउने क्रममा केही उकालो भाग र त्यसपछि भत्किएको कल्भर्ट आउछ भत्किएको कल्भर्टको भेउ नपाउदा निरौला सरासर आउदा कल्भर्टबाट मोटरसाईकल अनियन्त्रित भै सोझै तल खसेको स्थानिय तेज प्रसाद सिटौलाले बताए। दुर्घटनाबाट निरौलाको दाहिने हात र औंला भाचिएको जनाईएको छ भने अन्यत्र सामान्य चोट लागेको जनाईएको हो। दुर्घटनामा निरौलाको मे ११ प १७४७ न. को होण्डा साईन मोटरसाईकलमा समेत क्षति पुगेको जनाइएको हो।

घाईते निरौलालाई उपचारको लागि कन्काई  अस्पताल बिर्तामोड लगिएको जनाईएको हो भने स्थानियले उक्त दुर्घटना स्थलमा ठ्लो दुर्घटना हुन सक्ने जोखिम बढेको भन्दै यस अघि मर्मतको लागि बारम्बार अपिल गरेपनि वडा र नगरपालिकाले मर्मत नगरिदिएको गुनासो गरे।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर