Posts

Showing posts from February, 2024

छैठौं अर्ना झापा गोल्डकपको खेल तालिका सार्बजानिक

Image
१६ फागुन,बिर्तामोड छैठौं अर्ना अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट झापा गोल्डकपको खेलतालिका आयोजकले सार्बजानिक गरेको छ। खेल १९ फागून देखि २८ सम्म डोमालाल राजबंशी रंगशाला बिर्ताबजार झापामा आयोजना हुने भएको हो।( तालिका हेर्नुहोस् तस्बिरमा)

बिर्तामोड उबा संघ अध्यक्षमा राजु न्यौपाने बिजयी

Image
  बिर्तामोड, फागुन १६ ।  बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा राजु न्यौपाने विजयी भएका छन् । उनी लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फ बाट अध्यक्षका उम्मेद्वार हुन्। मत गणनाको अन्तिम मतपरिणाम अनुसार न्यौपानेले २२२५ मत प्राप्त गरी विजय हासिल गरेका छन् । उनका प्रतिष्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुनकुमार मैनालीले १५२० मत पाएका हुन् । जुन ७०५ मतको अन्तर हो । बहुमत सहित लोकतान्त्रिक प्यानल विजयी भएको हो भने केही पदमा स्वतन्त्र प्यानलका उम्मेदवारहरुले विजय हासिल गरेका छन् । १९ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, जनसम्पर्क उपाध्यक्ष, कोषाध्यक्ष,तीन खुला सदस्य र एक महिला सदस्यबाहेक बाँकी १२ पदमा लोकतान्त्रिक प्यानलले वर्चस्व कायम गरेको हो । वरिष्ठ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलका राजकुमार घिमिरे राजु १८२६ मतसहित विजयी भएका छन् । त्यस्तै, महासचिवमा लोकतान्त्रिक प्यानलका कुशल खतिवडा २११९ मत ल्याएर विजयी भएका हुन् । उद्योग उपाध्यक्षमा लोकतान्त्रिक प्यानलकै विशाल थापा २१०३ मतसहित निर्वाचित भएका छन् । त्यस्तै वाणिज्य उपाध्यक्षमा पनि लोकतान्त्रिक प्यानल...

विश्व हिन्दु महासंघ झापाद्वारा स्मारिका प्रकाशन गरिने

Image
                     फाईल तस्बिर ६ फागुन,बिर्तामोड विश्व हिन्दु महासंघ झापा शाखाले आफ्नो तर्फबाट स्मारिका प्रकाशन गर्ने भएको छ। स्मारिकामा सम्पूर्ण विश्व हिन्दु महासंघ झापासंग भै रहेका सम्बद्ध तथ्यहरु समेटिने विश्व हिन्दु महासंघ झापा शाखा अध्यक्ष मोहन  उप्रेतीले जानकारी गराए। उप्रेतीले भने स्मारिका प्रकाशनको तयारी जोडतोडले भै रहेको र आगामी केही महिना सम्ममा प्रकाशन कार्य सकेर आम जनसमुदाय समक्ष पुर्याउने तयारी रहेको बताए । स्मारिकामा सदस्यहरुको नामावली बिश्व हिन्दु महासंघ झापा सम्बद्ध गतिबिधि, झापाका धार्मिक क्षेत्रहरुको तस्बिर लगायत रहने  प्रकाशित हुने र सो कार्यको लागि      खर्च लाग्ने खर्चको ब्यबस्थापन सहयोगी मनहरु साथै विश्व हिन्दू महासंघ झापाको कोषबाट गरिने  जानकारी दिए। बिर्तामोड-३ बिराटपोखरीमा मुख्य कार्यलय रहेको विश्व हिन्दु महासंघ झापा शाखाको भवन,साथै पाञ्चायन ज्योर्तिलिङ्ग मन्दिर समेत रहेको छ।

बैदेशिक रोजगारीमा गएकाबाट मनकामना मन्दिरलाई सहयोग

Image
चेक हस्तान्तरण गर्दै ३ फाल्गुन,बिर्तामोड झापाली समाज युएई,माई नेपाल यूएई र हिन्दु जागरण यूएई लगायतको तर्फबाट साथीभाईबाट संकलन भै आएको रु. पचहत्तर हजार बरावरको चेक एक कार्यक्रम माझ मनकामना काली मन्दिर तथा सत्संघ भवन समिति  बिर्तामोड-१० बिराटपोखरका महासचिव हरि प्रसाद सिटौलालाई हस्तान्तरण गरिएको छ। मन्दिरको भौतिक संरचना थप निर्माण गर्न उक्त रकम हस्तान्तरण गरिएको हो। चेक हस्तान्तरण गर्दै झापाली समाज युएईका क्षेत्रिय प्रतिनिधि  बिर्तामोड-१० का इव नारायण तिवारीले बिदेशमा कार्यरत नेपाली दाजुभाईबाट सहयोग संकलन गरिएको र सामाजिक उत्तरदायित्व बहन गर्न मनकामना काली मन्दिर तथा सत्संघ भवन समितिलाई चेक हस्तान्तरण गरिएको बताउनु भयो। यस भन्दा अघि पनि सामाजिक उत्तरदायित्व अन्तर्गत बिभित्र क्षेत्रमा उक्त तीनवटै संस्थाले कार्य गरेको उनले जानकारी गराए। आगामी भविष्यमा समेत यस्ता सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्दै आफूपनि हाल बैदेशिक रोजगारीमै रहेको र चाडै बिदेश फर्कने बताउनु भयो। मनकामना काली कृतन मण्डली बिराटपोखरले आयोजना गरेको सरस्वती पूजाको संध्याकालिन भजन कृतनमा उक्त चेक हस्तान्तरण गरिए...

पत्रकार उपचार कोषलाई ढुंगानाको तीन लाख एकाउन्न हजार सहयोग

Image
बिर्तामोड, माघ २३/ झापा बिर्तामोड ५ का शिक्षासेवी तथा सामाजिक व्यक्तित्व जयनारायण ढुंगाना र अञ्जना ढुंगानाले पत्रकार सहारा उपचार कोष झायालाई तीन लाख एकाउन्न हजार रुपैयाँ प्रदान गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा  ढुंगाना दम्पत्तिले मंगलबार उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गरेका हुन्। कोषमा सहयोग गर्ने दाताहरुमध्ये व्यक्तिगततर्फ ढुंगानाको सहयोग अंक हाल सम्मकै बढी हो । ढुंगानाले पत्रकारको सामाजिक सुरक्षा र दिगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार उपचार कोषमा सहयोग गर्न पाउँदा आफ्नो तर्फबाट खुशी व्यक्त गरेका छन्। नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने  पत्रकारहरुलाई घाइते र विरामी हुँदा कोषको ब्याजबाट उपचार खर्च दिने पत्रकार उपचार कोषको प्रावधान रहेको हो । झापाली पत्रकारको सामाजिक सुरक्षा र दीगो हितका लागि पत्रकार महासंघले उदाहरणीय कार्य गरेको भन्दै ढुंगानाले  प्रशंसा गरेका छन् भने ढुंगाना कनकाई एजुकेशन फाउण्डेशन र श्रीजय ड्रिमल्याण्ड पार्कका संस्थापक हुनुहुन्छ । उहाँले शैक्षिक, सामाजिक, मानवीय र धार...

बिर्तामोड-१० मा एक युवकको शव फेला

Image
  २९ माघ,बिर्तामोड बिर्तामोड-१० पश्चिम बिराटपोखरमा एक युवकको शव फेला परेको छ। पश्चिम बिराटपोखर स्थित पुरानो निर्माणाधिन घरको छेउको कोही नबस्ने टहरो भित्र उक्त शव बिहान ५:०० बजे स्थानियले देखेको बताए। मृतक सिरिजङ्गा ताप्लेजुङ्गका बर्ष-३० का संजय माबो रहेको र मृत्युको कारण बारे अनुसन्धान भैरहेको इप्रका अनारमनीका डिएसपी सुरज कार्कीले बताए।