बैदेशिक रोजगारीमा गएकाबाट मनकामना मन्दिरलाई सहयोग
![]() |
चेक हस्तान्तरण गर्दै |
३ फाल्गुन,बिर्तामोड
झापाली समाज युएई,माई नेपाल यूएई र हिन्दु जागरण यूएई लगायतको तर्फबाट साथीभाईबाट संकलन भै आएको रु. पचहत्तर हजार बरावरको चेक एक कार्यक्रम माझ मनकामना काली मन्दिर तथा सत्संघ भवन समिति बिर्तामोड-१० बिराटपोखरका महासचिव हरि प्रसाद सिटौलालाई हस्तान्तरण गरिएको छ। मन्दिरको भौतिक संरचना थप निर्माण गर्न उक्त रकम हस्तान्तरण गरिएको हो।
चेक हस्तान्तरण गर्दै झापाली समाज युएईका क्षेत्रिय प्रतिनिधि बिर्तामोड-१० का इव नारायण तिवारीले बिदेशमा कार्यरत नेपाली दाजुभाईबाट सहयोग संकलन गरिएको र सामाजिक उत्तरदायित्व बहन गर्न मनकामना काली मन्दिर तथा सत्संघ भवन समितिलाई चेक हस्तान्तरण गरिएको बताउनु भयो। यस भन्दा अघि पनि सामाजिक उत्तरदायित्व अन्तर्गत बिभित्र क्षेत्रमा उक्त तीनवटै संस्थाले कार्य गरेको उनले जानकारी गराए। आगामी भविष्यमा समेत यस्ता सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्दै आफूपनि हाल बैदेशिक रोजगारीमै रहेको र चाडै बिदेश फर्कने बताउनु भयो।
मनकामना काली कृतन मण्डली बिराटपोखरले आयोजना गरेको सरस्वती पूजाको संध्याकालिन भजन कृतनमा उक्त चेक हस्तान्तरण गरिएको मन्दिर समिति सहसचिव राम प्रसाद खनालले बताए। मण्डलीका नि. संयोजक डिल्ली राम पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मण्डली सदस्य दिपक संग्रौलाको स्वागत र सचिव मिलन आलेको संचालन रहेको हो।
Comments
Post a Comment