बिर्तामोड-१० मा एक युवकको शव फेला
२९ माघ,बिर्तामोड
बिर्तामोड-१० पश्चिम बिराटपोखरमा एक युवकको शव फेला परेको छ। पश्चिम बिराटपोखर स्थित पुरानो निर्माणाधिन घरको छेउको कोही नबस्ने टहरो भित्र उक्त शव बिहान ५:०० बजे स्थानियले देखेको बताए।
मृतक सिरिजङ्गा ताप्लेजुङ्गका बर्ष-३० का संजय माबो रहेको र मृत्युको कारण बारे अनुसन्धान भैरहेको इप्रका अनारमनीका डिएसपी सुरज कार्कीले बताए।
Comments
Post a Comment